भदौ ३० गतेको राशिफल : आइतबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

भदौ ३० गतेको पञ्चाङ्ग :

दिन : आइतवार
तिथि : द्वादशी १४:५६ बजेसम्म, त्यसपछी त्रयोदशी
नक्षत्र : श्रवण १६:५५ बजेसम्म, त्यसपछी धनिष्ठा
योग : अतिगण्ड १४:१९ बजेसम्म, त्यसपछी सुकर्मा
करण : वालव १४:५६ बजेसम्म, त्यसपछी कौलव ०२:०३बजेसम्म, त्यसपछी तैतिल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

मनमा एकाग्रता नहुँदा मन खिन्न हुनेछ । मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक लेन-देन गर्दा विशेष सावधानी अपनाउनु होला । पारिवारिक वातारणमा सुधार हुनेछ । धर्मिक कार्यमा सहभागी भइने छ । साथै खर्च बढ्ने छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

व्यवहारिक कार्य सम्पन्न गर्नको लागि दिन शुभ रहेको छ । काममा अग्रजको साथ सहयोग मिल्नेछ । नयाँ मित्र बन्ने छन् । काममा दिर्गकालिन योजन बन्नेछ । सन्तानको प्रगतिबाट मान सम्मान मिल्नेछ । आफन्तको लागि धन खर्च हुनेछ । साथै आफन्तको साथमा रमाइलो यात्राको सम्भावना रहेको छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

व्यापारिक वर्गको लागि दिन शुभ रहेको छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । धन लाभको योग वनेको छ । अग्रज तथा बाबुबाट लाभ हुनेछ । लक्ष्मीको कृपा दृष्टि रहनेछ । रमणीय स्थलको भ्रमणमा जाने योजना बन्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

दिनको सुरुवातमा मानसिक तनाव बढ्नेछ । शारीरिक आलस्यता बढ्ने छ । पेट सम्बन्धि समस्याले सताउने छ । सन्तानको विषयमा चिन्ता बढ्ने छ । तर मध्यान्ह पछी स्वास्थ्यमा सुधार हुनेछ । व्यापारिक वर्गको लागि धन लाभको योग बनेको छ । मान-प्रतिष्ठा बढ्ने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

दिन मध्यम फलदाही रहेको छ । मनमा नकारात्मक विचारको हावी हुन सक्छ । शारीरिक तथा मानसिक परिश्रम बढी गर्न पर्ने हुन्छ । आकस्मिक धन लाभ हुनेछ । सन्तानको चिन्ता बढ्ने छ । स्वास्थ्य उपचारमा धन खर्च हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

कला क्षेत्रको प्रदर्शनमा सामाजिक मान सम्मान बढ्नेछ । व्यापार व्यसायको क्षेत्रमा साझेदार संगको सम्बन्ध सुमधुर हुनेछ । वैदेशिक क्षेत्रमा भएका आफन्तबाट शुभ समाचार मिल्नेछ । काममा साहयोगी सहयोग प्राप्त हुनेछ । अचल सम्पतिको देन-देन नगर्नु होला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

दिन शुभ फलदाही रहेको छ । काममा मनोबलको साथै आत्मविश्वास बढ्ने छ । पारिवारिक वातावरण शान्ति पूर्ण तथा आनन्दित हुनेछ । कला क्षेत्रमा लागेका मानिसको लागि दिन शुभ रहेको छ । सामाजिक रुपमा मान सम्मान बढ्नेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

स्वास्थ्यमा सुधार हुनेछ । काममा जोस जागर बढ्ने छ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । साथै धार्मिक कार्यको पछिडी धन खर्च हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धीलाई सजिलै परिजित गर्न सकिनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

यात्रामा सावधानी अपनाउनु पर्ने दिन रहेको छ । आमाको स्वस्थ्यमा समस्या आउन सक्छ । धन हानिको सम्भावना रहेको छन् । मानसिक तनाव बढ्ने छ । काममा आफन्तको असहयोग मिल्नेछ । सन्तानको तर्फबाट शुभ समाचार मिल्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

जीवन साथ सँग विवाद बढ्न सक्छ । साथि भाइ सँग यात्रामा जाने योजना बन्नेछ । साथि भई तथा आफन्त सँगको सम्बन्ध सुमधुर हुनेछ । मान सम्मान वृद्धि हुनेछ । प्रतिस्पर्धी परिजित हुनेछन् । व्यवसाय सम्बन्धि चिन्ता बढ्ने सक्छ । आमाको स्वास्थ्य चिन्ता चढ्ने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

खर्च तथा क्रोध प्रति नियन्त्रण राख्नुहोला । अन्यथा विवादमा पर्न सकिन्छ । कार्यमा सफलता हासिल हुनेछ । पारिवारिक वातावरण शान्ति पूर्ण हुनेछ। सिर्जनात्मक तथा कलात्मक कार्यमा मन जानेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

घरमा धार्मिक कार्य हुनेछ । कार्य सफलता मिल्नेछ । नयाँ कार्य थालनीको लागि दिन शुभ रहेको छ । शारीरिक तथा मानिसिक स्वास्थ्यमा सुधार हुनेछ । शुभ कार्यको चर्चा चल्नेछ । मन प्रफुलित रहनेछ । पानि तथा चिसोबाट टाढा रहनुहोला ।

अर्को समाचार:

साप्ताहिक राशिफल : यी ४ राशिलाई खासै राम्रो देखिन्न यो साता, रहनुस् सजग