असोज १ गतेको राशिफल : मङ्गलबार १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

असोज १ गतेको पञ्चाङ्ग : –

दिन : मंगलवार
तिथि : चतुर्दशी ११:० बजेसम्म, त्यसपछी पूर्णिमा
नक्षत्र : शतभिषा १४:२५ बजेसम्म, त्यसपछी पूर्वभाद्रपदा
योग : धृति ०८:५८ बजेसम्म, त्यसपछी शूल
करण : वणिज ११:०० बजेसम्म, त्यसपछी भद्रा २१:५३बजेसम्म, त्यसपछी वव

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

खर्च बढी नै रहला । आउनुपर्ने ठाउँबाट पनि प्राप्ति नहुँदा आर्थिक समस्या जटिल बन्नेछ । अत्यावश्यक कामभन्दा विलासिताका काममा नै बढी खर्च गर्नुपर्नेछ । व्यवसायले सामान्य सहयोग मात्र गर्ला, तैपनि साहस भने घट्नेक्रममा छैन ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

अलिकति आय भए पनि धेरै खर्च गराउने नै खालका छन् । भोजभतेर एवम् मनोरञ्जनका लागि खर्च भइरहनेछ । मित्रहरू असलखालका भएकाले बढी पीर भने गर्नुपर्ने छैन । व्यावसायिक कामबाट सामान्य लाभ भइरहला ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

पूर्वाद्र्ध राम्रोखालको छ । सोचेकोभन्दा बढी नै फाइदा गर्न सक्नुहुनेछ। केही जटिल समस्या तपाईंको सामुन्नेमा आउन सक्छ। विशेषगरी हातले समातेको व्यवसायबाट त्यति ठूलो लाभ हुने छैन । नारायणको दर्शन गरिरहनुहोस् ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

यो दिनलाई असल नै भन्न सकिन्छ । मनमा राम्रा विचारको उदय होला तर त्यसलाई कार्य रूपमा समेत परिणत गर्न सक्नुहुनेछ । पढाइमा कम र लेखाइमा बढी समय जाला । व्यापार एवम् व्यवसायबाट गतिलै लाभ पाउनुहुनेछ । महिला मित्रबाट विशेष फाइदा लिन सक्नुहोला ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

दिन त्यति राम्रो छैन्। अनेकौँ कठिनाइको सामना गर्नुपर्नेछ। साहसमा वृद्धि हुनुको साथै कुनै नयाँ कामसमेत भेट्टाउनुहुनेछ। हाल यात्राको सम्भावना कम छ भने यात्राबाट फाइदा पनि देखिन्न ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सुरुको दिनमा केही काम बने पनि दिनभर तपाईंका लागि प्रतिकूल नै छ । सोचेका सपना भताभुङ्ग हुन सक्छन् । त्यसैले शिवजीको आराधना गरिरहनुहोस् । जागिरमा समेत प्रतिकूल वातावरणको सिर्जना हुनेछ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

दिन सामान्यखालको छ । आधा काम बन्नेछन् भने आधा बाँकी नै रहनेछन् । सानो काम पूरा गर्नका लागि पनि मिहिनेत प्रशस्त गर्नुपर्नेछ । मित्रहरूको सहयोगले मात्र तपाईंलाई टेवा देला । प्राविधिक क्षेत्रमा भने विशेष सफलता पाइनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

निरर्थकखालको यात्रामा बढी खर्च होला । त्यसैले बढी घुमफिर गर्ने बानीलाई नियन्त्रण गर्दा राम्रो । पढाइमा साह्रै कमी आएको छ । त्यस्तै बौद्धिक स्थिति पनि हाललाई कमजोर नै देखिन्छ । वाणी निकाल्दा संयमित हुनुहोस्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

स्वास्थ्यसम्बन्धी समस्या परेर खर्च बढ्ला । तर, आम्दानीको स्रोत पनि बलियो नै हुनाले त्यति ठूलो समस्या भने पर्लाजस्तो छैन । पढाइतिर समय दिएमा गतिलै ज्ञानको उपलब्धि हुनेछ । व्यापारको क्षेत्रमा अवरोध हाल्ने धेरै हुनेछन्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

खर्च बढी नै रहला । त्यसलाई नियन्त्रण गर्न गाह्रो छ । आफ्ना लागि भन्दा पनि परिवारका लागि नै बढी खर्च गर्नुपर्ला । स्वास्थ्यको दृष्टिकोणले पनि हाल मध्यम समय छ । गोडामा चोटपटक लाग्न सक्छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

खर्चलाई नियन्त्रण गर्न गाह्रो छ । अनेक लाञ्छना पनि तपाईंलाई लाग्न सक्छ । रिस गर्नेहरू बढी छन् भने मद्दत दिने थोरैमात्र । भगवतीको आराधनाले मात्र त्यस्ता बाधालाई हटाउन सकिनेछ । हाललाई गणेशको दर्शनसमेत अनिवार्य देखिन्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

बढी खर्च गरिएला । आवश्यक काममा भन्दा मनोरञ्जनको काममा नै खर्च हुन जानेछ। पैसाको बचत त्यति देखिन्न । विष्णु सहस्रनामको नित्य पाठ गर्नाले त्यस किसिमका प्रतिकूल परिस्थिति हट्न सक्छन्।

अर्को समाचार:

असोज २ गतेको राशिफल : बुधबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?