माघ २ सोमबार महिनाको पहिलो सोमबार शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। माघ ०२ गते सोमबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। सोमबार भगवान गणेश-शिवको नाममा समर्पित हुने गर्दछ। सोमबार भगवान शिव-गणेशको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

माघ ०२ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – सोमबार।।। नक्षत्र- स्वाती , १४:४८ बजे उप्रान्त विशाखा ।।। तिथि – नवमी , १३:५५ बजे उप्रान्त दशमी ।।। कारण – गर १३:५५ बजेदेखि वणिज , २५:२७ बजे उप्रान्त वालव ।।। योग – शूल , २८:४५ बजे उप्रान्त गण्ड ।।। माघ ०२, २०७९, सोमबार।।। जनवरी १६, सन् २०२३ ।।। नवमी, माघ कृष्णपक्ष ।।। पोहेलाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय – ०६: ५७ ।।। सूर्यास्त – १७:१९ ।।। कुनै पनि शुभ साइत तथा मुहूर्त छैन-

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

धर्मप्रति भक्ति बढ्न सक्छ। मानसिक शान्ति मिल्नेछ। साथीभाइबाट व्यापार सुरु गर्न सकिनेछ। अज्ञात भयले सताउन सक्छ। काममा कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिन्छ। परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला। धार्मिक कार्यमा खर्च बढ्नेछ । लाभको अवसर मिल्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

कार्यस्थलमा कठिनाइको सामना गर्न सकिन्छ। साथीभाइको सहयोग मिल्नेछ। अनावश्यक विवाद र झगडाबाट टाढा रहनुहोस्। काममा कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिन्छ। मिहिनेत बढी हुनेछ। आम्दानी बढ्नेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

कार्यक्षेत्रमा वृद्धि हुनेछ। परिवारमा अशान्ति हुनेछ। सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ। साथीभाइको सहयोगले आम्दानी बढाउने माध्यम बन्न सक्छ। शैक्षिक कार्यमा अवरोध आउन सक्छ। अज्ञात भयले सताउन सक्छ । मानसिक शान्ति मिल्नेछ। नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

परिवारको सहयोग मिल्नेछ। भौतिक सुखमा वृद्धि हुनेछ। सवारी साधन सुख मिल्नेछ। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। काममा प्रगतिको बाटो खुल्नेछ। आम्दानी बढ्नेछ। सन्तानबाट शुभ समाचार पाउन सकिनेछ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

पारिवारिक समस्याले सताउन सक्छ। दिनचर्या अव्यवस्थित हुनेछ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। मानसिक शान्ति मिल्नेछ।  आम्दानी बढ्नेछ। साथीभाइसँग यात्रामा जान सकिनेछ। पढाइमा रुचि बढ्नेछ। धैर्यताको कमी हुनेछ। जीवन साथीको सहयोग मिल्नेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

आम्दानीमा कमी र खर्चको बढिले मन खिन्न हुनेछ। परिवारमा महिलाबाट धन प्राप्ति हुन सक्छ। आत्मविश्वासको कमी रहनेछ। अति उत्साही हुनबाट बच्नुहोस्। व्यापारमा लगानी गर्न सकिनेछ। साथीभाइबाट सहयोग लिन सकिनेछ। आम्दानी बढ्नेछ। काममा कार्यस्थलमा कठिनाइ आउन सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

व्यापारमा परिवर्तनको सम्भावना छ। अहिले आम्दानी खर्चमा कमी आउन सक्छ। जीवन अव्यवस्थित हुनेछ। साथीभाइबाट सहयोग लिन सकिनेछ। मनमा नकारात्मकताको प्रभाव रहनेछ। परिवारमा धार्मिक कार्य हुनसक्छ। मन अशान्त रहनेछ। आत्मविश्वासको कमी रहनेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ। आत्म-नियन्त्रित हुनुहोस्। वैदेशिक रोजगारीमा जाने अवसर मिल्नेछ। सत्तारुढ प्रशासनबाट सहयोग मिल्नेछ। व्यापारमा लाभको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ । यात्राको सम्भावना छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ। स्वभावमा रिस उठ्न सक्छ। काममा अधिकारीको सहयोग मिल्नेछ। मानसिक शान्ती रहनेछ तर कुराकानीमा संयमित हुनुहोस्। व्यापारमा वृद्धि हुनेछ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् मनमा आशा र निराशाको मिश्रित भावना रहनेछ। परिवारमा धार्मिक कार्य हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्। अव्यवस्थित खर्च बढ्नेछ । कार्यस्थलमा थप मिहिनेत हुनेछ। परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। व्यापारमा पनि कठिनाइ आउन सक्छ। मानसिक शान्ति मिल्नेछ। आत्मविश्वासले भरिपूर्ण रहनेछ। जीवन साथीको सहयोग मिल्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

लेखन तथा बौद्धिक कार्यबाट धन आर्जन गर्न सकिनेछ। अनावश्यक झगडा र विवादबाट बच्ने प्रयास गर्नुहोस्। मन प्रसन्न रहनेछ। जागिर परिवर्तनको अवसर मिल्न सक्छ। आम्दानीमा पनि सुधार आउनेछ। परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला। खर्चको मात्रा बढ्नेछ।  साथीभाइको सहयोग मिल्नेछ। धर्मप्रति भक्ति रहनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

शैक्षिक कार्यमा कठिनाइ आउन सक्छ। सन्तानको स्वास्थ्यमा समस्या आउनेछ। जीवन कष्टदायी हुन सक्छ। पारिवारिक समस्या आउनेछ। आत्मविश्वास बढ्नेछ, तर धैर्यता कायम राख्ने प्रयास गर्नुहोस्। धन कुनै पनि सम्पत्तिबाट प्राप्त गर्न सकिन्छ। व्यापारमा कठिनाइ आउन सक्छ। नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ।

अर्को समाचार:

आजबाट खरमासको भयो अन्त्य, यी राशिको खुल्नेछ ताला !