आइतबारसम्म यी ४ राशिलाई अत्यन्तै शुभ हुँदै, हुनेछ खुब लाभ साथै अप्रत्याशित धनलाभ !

ज्योतिष गणनाको अनुसार यस हप्ता ४ राशिको लागि अत्यन्तै शुभ र भाग्यशाली हुनेछ। यस अवधिमा यी चार राशिका व्यक्तिहरूले धेरै क्षेत्रहरूमा शुभ परिणामहरू पाउनेछन्। यस हप्ता ग्रह र नक्षत्रको चाल यी ४ राशिका लागि अनुकुल छ। थाहा पाउनुहोस् यस हप्ता यी ४ राशिका लागि कस्तो रहनेछ ।

वृष राशि

वृष राशिका मानिसको लागि यो समय शुभ नै रहनेछ। बुधबारसम्म धेरै काम बन्नेछन् । परिवारमा राम्रो वातावरण रहनेछ। धन लाभ प्राप्त हुने सम्भावना देखिन्छ। शिक्षा क्षेत्रमा मन लाग्नेछ। धर्म-कर्ममा पनि तपाईंको रुचि बढ्नेछ। सन्तान पक्षबाट कुनै शुभ खबर मिल्ने सम्भावना उच्च रहेको छ। प्रेम सम्बन्धमा मजबूति आउनेछ।

कन्या राशि 

अधिकांश दिन तपाईंको निमित्त अनुकूलखालका छन्। व्यापार व्यवसायमा राम्रो प्रगति होला । बौद्धिक स्थिति पनि पहिलेको भन्दा सप्रिएको छ । आर्थिक लाभ प्राप्त हुने देखिन्छ। करियरको दिशामा सकारात्मक प्रगति हुनेछ। गरेको काममा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनुका साथै तपाईंको प्रेम सम्बन्ध अझ बलियो हुनेछ।

तुला राशि 

मित्रसँग भेट हुनुको साथै उनीहरूबाट प्राविधिकखाले काममा राम्रो सहयोग पाउनुहुनेछ । आर्थिक स्थिति समष्टिगत रूपमा सप्रिएरै जानेछ। रोजगारको खोजीमा रहेका मानिसले पनि सफलता प्राप्त गर्ने देखिन्छ। खर्च बढे पनि आम्दानी झन् बढ्नेछ। आयका स्रोतहरु बढ्नेछन्। प्रेम सम्बन्धमा मजबूति आउनेछ।

मकर राशि 

असल काम गर्नेतिर मन जाला भने गरेका काम सफल पनि हुनेछन् । गतिलो एवम् फलदायी यात्राको सम्भावना देखापर्छ । पढ्ने र लेख्ने काममा बढी समय जाला । सामाजिक तथा धार्मिक कार्यमा तपाईंको उपस्थिति रहनेछ। कार्यको शिलशिलामा लामो तथा छोटो दूरीको यात्रा गर्नुपर्ला। यात्रा सफल तथा लाभदायक रहला।

अर्को समाचार:

केही दिनमा ग्रहको राजा राशि परिवर्तन गर्दै, यी ५ राशिको चम्किनेछ भाग्य!