जीवनको कठिन समयमा यी कुरामा दिनुहोस् ध्यान, मिल्नेछ ठुलो राहत- चाणक्य नीति !

जीवनमा धेरै प्रकारका समस्या र सङ्कट आउन सक्छ । कहिलेकाहीँ हामी ती समस्यालाई सजिलै पार गर्न सक्छौँ भने कहिले ती समस्याबाट बाहिर निस्कने उपाय भेट्न निकै मुस्किल हुन्छ । यस्तो समयका लागि महान् कूटनीतिज्ञ तथा मार्गदर्शक आचार्य चाणक्यले ४ वटा निकै उपयोगी कुराहरू बताउनु भएको छ । सङ्कटको समयमा आचार्य चाणक्यको यस्ता भनाइ कार्यान्वयन भयो भने निकै फाइदा हुने मान्यता रहेको छ ।

यस्ता ४ कुराले सङ्कटबाट दिलाउँछ मुक्ति

चाणक्य नीतिमा भनिएको छ की सङ्कट जतिसुकै ठुलो होस्, योजनाबद्ध ढङ्गले सामना गर्ने हो भने सहजै निकास निस्कन्छ र यसलाई पार गर्न कम समय लाग्छ। तसर्थ जहिले पनि सङ्कटमा पर्नु भयो भने त्यसलाई शान्त दिमागले विश्लेषण गर्नुहोस् र त्यसको सामना गर्ने नीति बनाउनुहोस्।

जो व्यक्ति वरपरका चीजहरू र परिस्थितिहरूको  बारेमा सचेत हुन्छ त्यस्ता व्यक्तिले समय मै सङ्कटको अनुभूति गर्छ। यस्तो स्वभाले उसलाई सङ्कटबाट उम्कन धेरै समय दिन्छ। त्यसैले सधैँ सचेत र सजग रहनुहोस्।

जो शक्तिशाली हुन्छन् । त्यस्ता मानिस सजिलै ठूलो सङ्कटबाट बाहिर निस्कन्छन्। यसका लागि मन र शरीर दुवैमा शक्तिशाली हुनु आवश्यक छ । आफूलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउन सधैँ काम गरिरहनुहोस्। यस्ता व्यक्तिहरू सधैँ हरेक चुनौतीलाई जितेर सफल हुन्छन्। यसका लागि सङ्कटको आगमनको लागि पर्खिनुहुँदैन, तर पहिलेदेखि नै तयार राख्नुहोस् ।

सकारात्मक सोचलाई कहिल्यै नछोड्नुहोस्। कुनै पनि अवस्थामा साहसका साथमा रहनुहोस्। यो सोचले तपाईको अवस्था बदल्नेछ र तपाई हरेक स्थानमा विजय हुनुहुनेछ ।

अर्को समाचार:

अचानक धन लाभको विशेष तथा अचुक उपाय, हुन्छिन् माता लक्ष्मी प्रसन्न !