भोलिबाट सुरु हुनेछ यी राशिको राम्रो दिन, मङ्गलदेवले गर्नेछ विशेष कृपा

काठमाडौँ : भोलि मङ्गल ग्रहले राशि परिवर्तन गर्दैछ। ज्योतिषमा मङ्गल ग्रहको विशेष स्थान रहेको छ। मङ्गल ग्रहको राशि परिवर्तनले केही राशिको भाग्योदय हुने निश्चित छ। मङ्गल ग्रहलाई सबै ग्रहको सेनापति भनिन्छ। मङ्गल ग्रहलाई ऊर्जा, भाईबन्धु, भूमि, शक्ति, साहस, पराक्रम, शौर्यको कारक ग्रह मानिन्छ। मङ्गल ग्रहलाई मेष र वृश्चिक राशिको स्वामित्व प्राप्त छ। यो मकर राशिमा उच्च हुन्छ, जबकि कर्कट राशि यसको नीच राशि हो। असोज ३० गते आइतबारबाट कुन-कुन राशिको सुखद् दिन सुरु हुन्छ त ? हेर्नुस्…

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

राम्रो नतिजा प्राप्त हुनेछ। धन-लाभ हुनेछ। आध्यात्मिक तथा धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । नोकरी तथा व्यवसायमा प्रगति हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। नयाँ सवारी साधन वा घर-जग्गा किन्ने सम्भावना पनि छ । हरेक काममा सफलता मिल्नेछ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

धन लाभ हुनेछ, जसका कारण आर्थिक पक्ष मजबूत हुनेछ। भाग्यले पूर्ण साथ दिनेछ। मिथुन राशिका व्यक्तिहरुका लागि यो समय वरदान समान रहेको छ। वैवाहिक जीवन सुखमय रहनेछ। परिवारजनको साथ-सहयोग मिल्नेछ। समाजमा खुब मान-सम्मन पाउनुहुनेछ। पद तथा प्रतिष्ठामा वृद्धि हुने सम्भावना छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

नोकरी तथा व्यापार-व्यवसायका लागि यो समय शुभ रहनेछ। दाम्पत्य जीवनमा सुखको अनुभूति गर्नुहुनेछ। धन-लाभ हुनेछ। कार्यस्थलमा तपाईको कामको प्रशंसा हुनेछ। नयाँ रोजगारीको अवसर प्राप्त गर्नुहुनेछ। धार्मिक तथा अध्यात्मिक कार्यमा भाग लिने अवसर प्राप्त गर्नुहुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

धन लाभ हुनेछ, जसले आर्थिक पक्षलाई मजबुत बनाउनेछ। मान- सम्मान र पद- प्रतिष्ठामा वृद्धि हुनेछ। नोकरी तथा व्यवसायमा लाभको सम्भावना छ। शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले शुभ फल प्राप्त गर्नेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ। कार्यस्थलमा तपाईको कामको सबैले प्रशंसा गर्नेछन्। घरपरिवारको सहयोग मिल्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

आर्थिक समस्याबाट मुक्ति पाउनुहुनेछ। नयाँ गाडी वा घर-जग्गा किन्ने सम्भावना छ। हात हालेका हरेक काममा सफलता प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारका सदस्य र साथीभाइको सहयोग प्राप्त हुनेछ। यो समय तपाईको लागि वरदान भन्दा कम हुनेवाला छैन ।

अर्को समाचार:

देवदूत बनेर आउनेछ मङ्गलदेव : चम्किनेछन् यी राशिका भाग्य, हुनेछ दुखको अन्त्य, मिल्नेछ अथाह धन