देवदूत बनेर आउनेछ मङ्गलदेव : चम्किनेछन् यी राशिका भाग्य, हुनेछ दुखको अन्त्य, मिल्नेछ अथाह धन

काठमाडौँ : ग्रहहरुको सेनापति मङ्गल ग्रह भोलि आइतबार असोज ३० गते मिथुन राशिमा प्रवेश गर्दैछ। मङ्गल ग्रहलाई साहस र पराक्रमको कारक मानिन्छ। तपाईको राशिमा मङ्गलको स्थिति मजबूत छ भने धेरै फाइदाहरु हुनेछन्। ज्योतिषशास्त्रले पनि ग्रहको स्थितिमा हुने परिवर्तनले राशिहरुमा राम्रो वा नराम्रो प्रभाव पार्छ भन्ने बताउँछ। यस्तो अवस्थामा मिथुन राशिमा मंगल ग्रहको प्रवेशले ३ राशिका लागि धेरै शुभ फल ल्याउनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिमा मङ्गल ग्रहको प्रवेशका कारण यस राशिका व्यक्तिहरुलाई अधिकतम लाभ हुने देखिन्छ। मङ्गलको यो गोचरले तपाईको भाग्य चम्काउनेछ। तपाईलाई अथाह धन लाभ हुनेछ। काममा प्रगति गर्नुहुनेछ। बेरोजगारहरुले रोजगारको अवसर प्राप्त गर्नेछन्। व्यापारमा कुनै ठूलो सम्झौता हुन् सक्छ। नयाँ कामको प्रस्ताव प्राप्त हुन् सक्छ।

जीवनसाथीसँगको सम्बन्ध सुमधुर हुनेछ। कुनै शुभ कार्यको लागि यात्रामा जान सकिनेछ। घरमा माङ्गलिक कार्य हुन् सक्छ। भगवानप्रतिको आस्था बढ्नेछ। जीवनमा नयाँ व्यक्तिको प्रवेश हुन् सक्छ। उक्त व्यक्तिले तपाईको जीवनका धेरै समस्याहरु समाधान गर्नेछन्। समाजमा तपाईको मान सम्मान बढ्नेछ। विद्यार्थीहरूले परीक्षामा राम्रो नतिजा ल्याउनेछन्। स्वास्थ्य राम्रो रहनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका लागि यो गोचर निकै फलदायी साबित हुनेछ। यो तपाईको जीवनको सबैभन्दा राम्रो क्षण हुनेछ। सन्तानबाट शुभ समाचार सुन्न पाउनुहुनेछ। घरमा धन आगमन हुनेछ। शत्रु कमजोर हुनेछन्। तपाईको प्रगति देखेर सबैलाई ईर्ष्या हुनेछ। समाजमा तपाईको मान सम्मान बढ्नेछ। पुराना साथीभाइ भेट्दा मन प्रसन्न हुनेछ।

परिवारमा सुख शान्ति छाउनेछ। कार्यालयमा तपाईको कामको प्रशंसा हुनेछ। बोस तपाईको कामबाट खुशी हुनेछन्। जागिरमा बढुवा पाउन सक्नुहुन्छ। नयाँ व्यापार-व्यवसाय सुरुवात गर्नको लागि यो उपयुक्त समय हो। शेयर बजारमा लगानी गर्दा लाभ हुनेछ। पुराना अधुरा काम केही मिहिनेत पछि पूरा हुनेछन्। पुराना रोगबाट मुक्ति मिल्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मङ्गल ग्रहको राशि परिवर्तनले सिंह राशिका व्यक्तिहरूको भाग्य चम्काउनेछ। भाग्यले सिंह राशिका जातकलाई भरपूर साथ दिनेछ। जुन काममा हात हाल्नुहुन्छ ती काम शीघ्र सम्पन्न हुनेछन्। चारैतिरबाट पैसा आउनेछ। अड्डा-अदालतका मुद्दा-मामिलाहरु समाधान हुनेछन्। पुरानो साथीसँग भेटघाटले धनलाभ हुनेछ। नयाँ व्यापार-व्यवसाय सुरु गर्न सक्नुहुन्छ। नयाँ काम पनि पाउन सक्नुहुन्छ। स्वास्थ्य अवस्था राम्रो रहनेछ।

समाजमा तपाईको चर्चा सर्वत्र हुनेछ। मानिसहरुको मन तपाईले सजिलै जित्नुहुनेछ। नयाँ साथी बन्नेछन्। पारिवारिक समस्याको अन्त्य हुनेछ। यो महिना खुशीले भरिपूर्ण रहनेछ। तपाईका जीवनका सबै दु:खहरू हट्नेछन्। आफन्तजनको साथ-सहयोग प्राप्त हुनेछ। जागिरको शिलशिलामा विदेश यात्राको अवसर पनि जुर्न सक्छ। घर तथा सवारी साधनको खरिद बिक्रीबाट लाभ हुनेछ।

अर्को समाचार:

पुरुषको तुलनामा महिलामा ८ गुणा बढी यस्ता गुण, गर्दैनन् कहिल्यै खुलासा !