धनतेरसमा यी ३ राशिलाई सुन-चाँदी किन्नु मानिन्छ अत्यन्तै शुभ, वर्षभर हुनेछ अत्यन्तै शुभ !

महान् पर्व तिहार आउन लागेको छ । तिहार वा धनतेरसको समयमा सुन चाँदी किन्नु लाभदायक मानिन्छ । तर यस वर्ष धनतेरसमा सूर्य ग्रहण लाग्ने भएको हुँदा शनिदेवको चालमा परिवर्तन आउने भएको छ । जसका कारण मानिसको मनमा ग्रहको स्थितिका कारण सुन चाँदी किन्नु शुभ हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ । यस्तो अवस्थामा धनतेरसको दिन कुन राशिका लागि सुन र चाँदी किन्नु फाइदाजनक शुभ हुन्छ ? जान्नुहोस्….

यस वर्ष गोवर्धन पूजा कार्तिक ८ गते परेको छ । यो दिन वर्षको दोस्रो सूर्य ग्रहण पनि लाग्दैछ । ग्रहण अवधिमा सूर्य तुला राशिमा रहनेछ र शुक्र पनि यसै राशिमा रहनेछ।

यो वर्ष सूर्य ग्रहण तुला राशि र स्वाति नक्षत्रमा लाग्नेछ। सूर्य, चन्द्रमा, बुध, शुक्र सबै तुला राशिमा हुनेछन्। तुला शनिको लागि उच्च र सूर्यको लागि नीच छ। कार्तिक ६ गतेदेखि शनि मकर राशिमा गोचर हुँदैछ। यस्तो अवस्थामा शनिको दशम दृष्टि यस राशिमा रहनेछ। यस्तो अवस्थामा तुला, कर्कट, मेष र मकर राशिका लागि सुन किन्नु फाइदाजनक हुने छैन ।

वृष, सिंह, वृश्चिक र कुम्भ राशिका लागि सूर्य ग्रहणले शुभ फल दिनेछ। यस दिन सूर्यसँग सम्बन्धित वस्तुको दान गर्दा लाभ मिल्नेछ। यी राशिका व्यक्तिहरूलाई सुन चाँदीको खरिदमा आंशिक लाभ मिल्नेछ।

मिथुन, कन्या र धनु राशिका लागि सूर्य ग्रहण लाभदायी रहनेछ । यस्तो अवस्थामा यस राशिका व्यक्तिले सुन चाँदीमा लगानी गर्न शुभ हुनेछ । ज्योतिष शास्त्रका अनुसार यी राशिका व्यक्तिहरुको सुन चाँदीमा पैसा लगानी गर्नाले जीवनमा सुख, समृद्धि र वैभव प्राप्त हुन्छ ।

अर्को समाचार:

भोलिबाट सुरु हुनेछ यी राशिको राम्रो दिन, मङ्गलदेवले गर्नेछ विशेष कृपा