लक्ष्मी पूजाको दिन यी कुरामा दिनुहोस् विशेष ध्यान, मिल्नेछ शुभ फल; घरमा हुनेछ लक्ष्मीको बास !

तिहारको समयमा घरको सरसफाइ र रंगमा सबैभन्दा बढी ध्यान दिइन्छ। त्यस पछि सजावट सुरु हुन्छ। यसमा माल बत्ती देखी- फूलको सजावटसम्म रंगीन बत्तीहरू, कृत्रिम फूलहरू र स्टिकरहरू पनि समावेश छन्। बदलिँदो समय र प्रविधिका कारण सजावट क्षेत्रमा धेरै नयाँ कुराहरु बजारमा आउन थालेका छन् र उनीहरुको अन्धाधुन्ध प्रयोग पनि हुन थालेको छ ।

आँप पात वा अशोकको रूखको ताजा फूल र पातले वन्दनवर बनाउनुहोस्। तर धेरैले कृत्रिम फूलको पूजा पनि गर्छन् तर ताजा फूल र पातको पूजाको कुरा अर्कै छ। यी पातहरूमा सबै देवी-देवताको वास हुने जनविश्वास छ, त्यसैले यसलाई लगाउनाले जीवनमा सुख, सफलता र समृद्धि प्राप्त हुने मान्यता रहेको छ । कृत्रिम फूल र पातले सजाउने धेरै रहर छ भने पनि ताजा फूल र पातको माला लगाउनुपर्छ ।

ब्रह्मस्थान अर्थात् घरको बिचमा रंगोली बनाउनु पर्छ। पूजा घरमा रंगोली बनाउनु पनि राम्रो मानिन्छ । रंगोली बनाउनाले पारिवारिक उन्नति पनि हुन्छ । दीपावलीको अवसरमा घर भित्र र बाहिर उज्यालो बनाउने प्रयास गर्नुपर्छ । यसका लागि पालामा बत्ती बल्नु शुभ मानिन्छ । जसमा लक्ष्मी पूजाको रातमा घ्यू भरेर जलाउनु पर्छ। यस बाहेक कृतिमा बत्तीको सजावट गरेको भए पनि गर बाहिर  बाहिरी पनि तेलको बत्ती बाल्नु पर्छ । यसबाहेक घरको विभिन्न स्थानमा ठाउँमा घिउमा स्वस्तिक र ओम लेख्नुपर्छ। यो मुख्य गरेर घरको मूल ढोकामा बनाउनु पर्छ।

एउटा विशेष कुरा ध्यान दिनुपर्छ यस समय घरमा भएका सबै पितृको तस्बिरमा ताजा फूलको माला चढाउनुपर्छ, कम्तीमा दीपावलीको दिन यो काम गर्नुपर्छ । तर यस स्थानमा कृत्रिम फूलको माला लगाउनु हुँदैन।

अर्को समाचार:

धनतेरसमा यी ३ राशिलाई सुन-चाँदी किन्नु मानिन्छ अत्यन्तै शुभ, वर्षभर हुनेछ अत्यन्तै शुभ !