यस वर्षको सूर्य ग्रहण लक्ष्मी पूजाको भोलिपल्ट बिहानै देखि सुरु हुँदै, जान्नुहोस् सुतक अवधि !

यस वर्ष तिहारमा लक्ष्मी पूजाको अर्को दिन उठ्ने बित्तिकै सूर्य ग्रहणको सुतक सुरु भइसकेको हुन्छ । वास्तवमा यस पटक कार्तिक ८ गते सूर्यग्रहण छ । सूर्य ग्रहण अपराह्न ४:५५ देखि ५:३९ बजेसम्म हुनेछ। ग्रहणको सुतक अवधि यसभन्दा १२ घण्टा अगाडि सुरु हुनेछ । अर्थात् कार्तिक ८ गते बिहान ४:१५ बजेदेखि सूर्य ग्रहण सुरु हुनेछ । सुतक अवधिमा पूजा आराधनाको काम बन्द हुने मान्यता रहेको छ । सूर्य ग्रहपछि घर-मन्दिरको सपाइपछि मात्र शुभ कार्य गर्न हुने मान्यता रहेको छ ।

यो सूर्य ग्रहण धेरै ठाउँमा देखिने भएकाले यो ग्रहणको ज्योतिषीय महत्व रहेको छ । आंशिक सूर्य ग्रहण कार्तिक ८ गते अपराह्न ४:५५ देखि ५:३९ बजेसम्म हुनेछ। सूर्यास्त समय ५:२४ बजे हुनेछ ।  त्यसैले ग्रहणको अवधि ४७ मिनेट हुनेछ । आंशिक सूर्य ग्रहणको परिमाण ३६ प्रतिशत हुनेछ।

जब चन्द्रमा पृथ्वी र सूर्यको बिचमा आउँछ र चन्द्रमाको छाया पृथ्वीमा पर्छ, यसपछि पृथ्वीबाट हेर्दा सूर्यग्रहण देखिन्छ । यो सामान्यतया पूर्णिमाको दिनमा हुन्छ। तर जब चन्द्रमाको स्थिति सूर्य र पृथ्वीलाई जोड्ने सीधा रेखाको नजिक हुन्छ, तब आंशिक ग्रहण हुन्छ।

अर्को समाचार:

लक्ष्मी पूजाको दिन यी कुरामा दिनुहोस् विशेष ध्यान, मिल्नेछ शुभ फल; घरमा हुनेछ लक्ष्मीको बास !