आज कोजाग्रत पूर्णिमा अत्यन्तै शुभ संयोग, यसरी गर्नुहोस् माता लक्ष्मीलाई प्रसन्न !

शरद-कोजाग्रत पूर्णिमा आज असोज २३ गते परेको छ । आश्विन शुक्ल पक्षको पूर्णिमालाई शरद पूर्णिमा भनिन्छ। यस दिनको विशेष महत्व रहेकोले यस दिन मानिसहरुले व्रत बस्ने गर्दछन् । यस दिनलाई स्वास्थ्यको पर्व पनि भनिन्छ । शरद पूर्णिमाको अमृतमयी चन्द्रमाले आफ्नो किरणमा स्वास्थ्यको वरदान ल्याउँछ भन्ने विश्वास छ । धार्मिक मान्यता अनुसार पूर्णिमाको रातमा शरद पूर्णिमाको स्थान प्रमुख हुन्छ। यसलाई कौमुदी अर्थात् चाँदनी वा कोजाग्रत पूर्णिमा पनि भनिन्छ। यससँगै यसलाई धेरै स्थानमा फसल पर्वको रूपमा पनि मनाइन्छ। यस पर्वमा चन्द्रमाको उज्यालोमा खीर राखिन्छ । भनिन्छ चन्द्रमाको किरणमा राखिएको यो खीर खाँदा सबै स्वास्थ्य समस्या निको हुन्छ ।

शरद पूर्णिमामा विशेष गरेर लक्ष्मीको पूजा गरिन्छ । धनलक्ष्मी, धन्यालक्ष्मी, राज लक्ष्मी, वैभव लक्ष्मी, ऐश्वर्या लक्ष्मी, सन्ताना लक्ष्मी, कमला लक्ष्मी र विजय लक्ष्मी यी आठ रूप छन्। साँचो मनले माताको आराधना गर्ने भक्तजनको सबै मनोकामना पूरा हुने ।
मान्यता रहेको छ ।

शरद पूर्णिमाको दिन बिहान उठेर सूर्य उदय हुनु भन्दा पहिले स्नान गर्ने गरिनेछ गरिन्छ । घरको मन्दिर सफा गरी माता लक्ष्मी र श्रीहरिको पूजाको तयारी गर्नुहोस्। यसका लागि पूजा स्थलमा रातो वा पहेंलो कपडा बिछ्याउनुहोस्। यसमा माता लक्ष्मी र विष्णुजीको मूर्ति स्थापना गर्नुहोस्। मूर्तिको अगाडि घ्यूको दियो बाल्नुहोस्, गंगाजल छर्काउनुहोस् र अक्षता, रोलीको तिलक लगाउनुहोस्। सेतो वा पहेँलो रंगको मिठाईले अर्पण गर्नुहोस् र फूलहरू चढाउनुहोस्। यदि गुलाबको फूल छ भने झनै राम्रो।

गाईको दूधमा बनेको चामलको खीरलाई सानो भाडामा भर्ने । अब त्यसलाई चन्द्रमाको उज्यालोमा जालीले छोप्नुहोस्। यसपछि ब्रह्म मुहूर्तमा उठेर गणपतिको आरतीपछि भगवान विष्णु सहस्रनाम जप, श्रीसूक्त वाचन, भगवान श्रीकृष्णको महिमा, श्रीकृष्ण मधुराष्टकम्, कनकधारा स्तोत्रको पाठ गर्ने ।भोलिपल्ट ब्रह्म मुहूर्तमा उठेर स्नान आदि गरी लक्ष्मी मातालाई खीर चढाएपछि परिवारका सदस्यलाई प्रसाद स्वरूप ग्रहण गर्ने ।

शुभ मुहूर्त

शरद पूर्णिमा आइतबार, अक्टोबर असोज २३ मा शरद पूर्णिमाको दिन चन्द्रोदय – ०५:५१ बेलुका, पूर्णिमा  तिथि सुरु हुन्छ – असोज २३ गते बिहान ०३:४१ बजे, पूर्णिमा तिथि समाप्त हुन्छ – असोज २४ गते बिहान ०२:२४ बजे सम्म-

अर्को समाचार:

यस योगमा जन्मेका व्यक्तिले जीवनभर सङ्घर्ष गर्नु पर्ने हुन्छ, जान्नुहोस् समाधानको उपाय !