यी हुन् माता दुर्गाका यी ५ शक्तिशाली मन्त्रले, शुभ फल प्राप्तिको लागि यस समयमा अवश्य पाठ गर्नुहोस् !

चैत्र नवरात्रिको पवित्र पर्व गत अप्रिल २ तारिक देखि सुरु भएको छ । ९ दिनसम्म चल्ने यो पर्व यही अप्रिल ११ मा समापन हुनेछ । यस पटक पनि नवरात्रिमा ग्रह र नक्षत्रको विशेष संयोग बनेको छ । यस्तो अवस्थामा यस नवरात्रिमा विशेष मन्त्रको जप गर्नु निकै लाभदायी साबित हुनेछ । जान्नुहोस् दुर्गा सप्तशतीका ५ प्रभावकारी मन्त्र।

धन प्राप्तिको लागि

नवरात्रिमा दुर्गा सप्तशतीको यो मन्त्रको जप गर्नाले धनसम्पत्तिको समस्या समाधान हुन्छ । धनधान्यसुतान्वित:, मनुष्यो मत्प्रसादेन भविष्यति न संशय:।’

संकटबाट छुट्कारा पाउनको लागि

‘शरणागतदीनार्तपरित्राणपरायणे, सर्वस्यार्तिहरे देवि नारायणि नमोऽस्तुते’। चैत्र नवरात्रिमा दुर्गा सप्तशतीको यो मन्त्रको जप गर्नाले जीवनमा आउने सबै समस्याको समाधान हुन्छ।

सौभाग्य र आरोग्य प्राप्तिको लागि

नवरात्रिमा यो मन्त्रको जप गर्नाले रोगबाट मुक्ति मिल्ने मान्यता रहेको छ । यसका साथसाथै हरेक सुखमा सौभाग्य मिल्छ। ‘देहि सौभाग्यमारोग्यं देहि मे परमं सुखम्, रूपं देहि जयं देहि यशो देहि द्विषो जहि।’

सबै प्रकारको सुखको लागि

नवरात्रिमा यो मन्त्रको जप गर्नाले सबै प्रकारको कल्याण हुन्छ । ‘सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके, शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ।’

मन परेको जीवन साथी पाउनको लागि 

चैत्र नवरात्रिको अवधिमा ‘पत्नी मनोरमां देहि मनोवृत्तानुसारिणीम्, तारिणीं दुर्गसंसारसागरस्य कुलोद्भवाम्’। यो मन्त्रको जप गर्नाले इच्छित जीवनसाथी प्राप्त हुन्छ । यसो गर्दा दाम्पत्य जीवनसँग सम्बन्धित समस्या समाप्त हुन्छ।

अर्को समाचार:

नवरात्रिमा यस्ता सपना देख्नु भयो, सम्झनुहोस् जिन्दगीमा अत्यन्तै शुभ परिवर्तन आउँदैछ!