अक्टोबरमा सूर्य-मंगल-शनिले बदल्दैछन् आफ्नो चाल : यी ५ राशिलाई हुनेछ महाधन लाभ, करियरले उचाइ छुनेछ

काठमाडौँ : सन् २०२२ को दशौँ महिना अक्टोबर सुरु हुन अब केही दिन मात्र बाँकी छ। यस्तो अवस्थामा तपाईको मनमा यो आगामी महिना कस्तो होला भन्ने जिज्ञासा आउन सक्छ। तपाईका जिज्ञासा ज्योतिष शास्त्रले हटाउनेछ। अक्टोबर महिनामा दुई ग्रह सूर्य र मङ्गलले आफ्नो राशि परिवर्तन गर्दैछ। त्यस्तै शनि आफ्नै राशि मकरमा मार्गी भईरहेको छ। ग्रहको यो बदलावले ५ राशिका जातकलाई शुभ फल दिनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका लागि अक्टोबर महिनाले धेरै खुशी ल्याउनेछ। उनीहरुको करियरमा ठूलो उछाल आउनेछ। जागिरमा पदोन्नति हुन् सक्छ। बोस तपाईको कामबाट प्रसन्न हुनेछन्। ठूला कम्पनीबाट जागिरको प्रस्ताव आउन सक्छ। बेरोजगारहरुले रोजगारीको अवसर पाउन सक्छन्। व्यापारीहरुले मनग्यै मुनाफा कमाउनेछन्। आर्थिक स्थिति मजबूत हुनेछ। भाग्यले साथ दिनेछ। करियर राम्रो हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

अक्टोबर महिनामा कर्कट राशिका जातकको सम्पूर्ण मनोकामना पूरा हुनेछन्।  चाहेअनुसारको जीवन व्यतीत गर्नुहुनेछ। नयाँ घर तथा वाहन खरिदको योग बनेको छ। सन्तानले साथ दिनेछ। कतैबाट खुशीको खबर सुन्नुहुनेछ। परिवारमा सुख-शान्ति छाउनेछ। स्वास्थ्य अवस्थामा सुधार आउनेछ। धनको मामिलामा भाग्यले साथ दिनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

अक्टोबर महिनामा तुला राशिका जातकको जीवनमा धेरै सकारात्मक परिवर्तनहरु आउनेछन्। जीवनका सबै दुख र दर्दहरु समाप्त हुनेछन्। पुराना समस्याबाट छुटकारा पाउनुहुनेछ। शत्रुले तपाईलाई हानि पुर्याउन सक्नेछैन्। कुनै शुभ कामले लामो यात्रा तय हुन् सक्छ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। आफन्तजनको साथ-सहयोग प्राप्त गर्नुहुनेछ। धार्मिक यात्राको अवसर मिल्नेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका लागि अक्टोबर महिना लाभकारी सिद्ध हुनेछ। पारिवारिक तनाव हट्नेछ। आर्थिक संकटको अन्त्य हुनेछ। धन आर्जनको नयाँ अवसर मिल्नेछ। विवाहको योग बन्न सक्छ। घरमा कुनै माङ्गलिक कार्य हुन् सक्छ। पुराना साथीभाइसँगको भेटघाटले फाइदा हुनेछ। शेयर बजारमा पैसा लगानी गर्न अक्टोबर महिना शुभ रहनेछ्ह। सुखको पूर्ण आनन्द उठाउनुहुनेछ। परिवारसँग घुमघामको अवसर जुर्न सक्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मीन राशिका व्यक्तिहरूलाई ग्रहहरूको राशि परिवर्तनको पूर्ण लाभ पनि मिल्नेछ। यो महिना सुरु गरेका काममा सफलता मिल्नेछ। मेहनतको फल मिल्नेछ। करियरले नयाँ मोड लिनेछ। विद्यार्थीहरुले परीक्षामा सन्तोषजनक नतिजा ल्याउनेछन्। जीवनमा नयाँ व्यक्तिको प्रवेश हुनेछ। धनको चिन्ता हट्नेछ।

अर्को समाचार:

घरमा किनेर ल्याउनुहोस् यो एक चिज, कहिल्यै हुने छैन धनको कमी: सदैव रहनेछ लक्ष्मीको वास !