सन् २०२० कुम्भ राशि हुनेहरुका लागि कतिको शुभ ? हेर्नुहोस् वार्षिक राशिफल !

कुम्भ राशिका व्यक्तिले यस वर्ष मिश्रित परिणाम पाउने छन्। यो वर्ष केही चुनौतीपूर्ण कार्य हुन सक्ला, तर बलियो इच्छाशक्तिका कारण प्रत्येक समस्याको सामना गर्न सक्षम भइने देखिन्छ।

यात्राको योग  छ । केहि यात्रा स्वयम् आफ्नो स्वतन्त्र इक्षाले हुनेछ भने कुनै यात्रा अनावश्यक तरिकामा गर्नु पर्ने देखिन्छ। वैदेशिक यात्राको पनि सम्भावना छ। अधिकतम यात्राहरू तपाईंको लागि सफल र लाभदायी हुने देखिन्छ। यात्राबाट ठुला माननीय व्यक्तिसंग परिचय हुन सक्ला ।

यस वर्ष तीर्थयात्राका लागि शुभ । तर प्रतिकूल परिस्थितिमा अस्पताल भर्ना हुने योग रहेको हुँदा स्वास्थ्य प्रति सतर्क रहनुहोला ।  यस वर्ष खर्चमा वृद्धि हुने र  केही राम्रा कामहरु, विशेष गरी धार्मिक कार्यहरुमा अत्याधिक खर्च हुने देखिन्छ।

परिवारमा शान्ति छाउने तथा सन्तानबाट पनि सुखद खबर सुन्ने योग छ। आफन्तसंगको झैँ-झगडा शान्त हुनुका साथै बिग्रेका सम्बन्धमा मिठास् छाउने देखिन्छ ।

व्यावसायमा लाभ हुने तर खर्च पनि समान अनुपातमा बढ्ने हुँदा सोच विचार गरेर मात्रै धनको उपयोग गर्नुहोला। यो वर्ष पैसा सम्बन्धित लेनदेनमा केहि हद सम्म समस्या उत्पन्न हुन सक्ने देखिन्छ ।

आध्यात्मिकतासँग सम्बन्धित मानिसहरूबाट निकै राम्रा ज्ञान पाउनुहुने देखिन्छ। शारीरिक समस्याहरूबाट बच्न, डिसेम्बरको पहिलो हप्ता देखि वर्षको अन्त्य सम्म, आफ्नो खाना र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।

अर्को समाचार:

कुन बार कस्तो रङ्गको कपडा लगाउने ? हेर्नुहोस् !