युवतीहरुमा यसरी हुन्छ स्तनको विकास !

स्तनको बृद्धि धैरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यतय दुई तीन वर्ष चाँडो ढिलो हुनसक्छ । स्तनको बिकासको कुरा गर्दा आकृति, आयतनलाई नै Tanner Stage भनिने पाँच चरणमा बाँडिएको छ ।

पहिलो चरणः यो किशोरावस्था भन्दा पहिलेको अवस्था हो । यो अवस्थामा स्तनको मुन्टो मात्र उठेको हुन्छ ।

दोस्रो चरणः Bud जस्तो देखा पर्छ । यो चरणमा स्तन र मुन्टो अलिकति माथि उठेको हुन्छ । Areola (मुन्टोको वरिपरि कालो रंगको छाला भएको क्षेत्र) अलि ठूलो भएर आउँछ ।

तेस्रो चरणः स्तन अझ बढ्ने र ग्रन्थित तत्नु (Glandular Tissue) बढ्ने क्रम जारी रहन्छ ।

चौथो चरणः Areola र मुन्टो अझैं उठने, स्तनको अझ सबै भागमा वृद्धि हुने ।

पाँचौं चरणः स्तन वयस्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, Areola स्तनको अन्य भागको सतह समान हुने र मुन्टो मात्र उठेको स्थितिमा हुने । पूर्ण विकसित स्तनको आकार र साइजमा धेरै भिन्नता पाइन्छ । गर्भवती र स्तनपान गराईरहेको अवस्थामा स्तन केही ठूलो हुन्छ । ब्यक्तिको वजन ठूलो भए यसको आकार पनि ठूलो हुन्छ ।

किशोरावस्थामा स्तनको तीब्र वृद्धि हुनुको मुख्य कारण चाँही  स्तनमा बोसो जम्मा हुनु हो । र स्तनको आकार निर्धारण गर्ने मुख्य कुराचाँही हर्मोन हो, त्यसैले यसको आयतनलाई स्तनले महिलालाई यौन आकर्षण बनाउँछ । स्तनको आकृति तथा आयतनले महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव पार्दछ ।- साप्ताहिकबाट

अर्को समाचार: