भोली यी तिन मध्य कुनै पनि चिज देख्नु भएमा हुनेछन् भोलेनाथ प्रसन्न !

साउन महीना भगवान शिवको आराधना गर्नको लागि धेरै शुभ मान्ने गरिन्छ। अझ साउन महिनाको सोमबार धेरैनै शुभ मानिने गरिन्छ। यस महिना शिवको अआराधना गर्नाले भगवान शिव धेरै छिटो खुसि हुने विश्वास रहीआएको छ। धार्मिक मान्यता अनुसार साउन महिना पूर्णरुपले शिव भगवानको लागि समर्पित गर्नु पर्ने कुरा उल्लेख गरिएको छ। साउन महिनाको सोमबार धार्मिक ग्रन्थ अनुसार निम्न ३ चिज देख्नु भएमा शुभ मानिने गरिन्छ।

गाई

साउन महिनाको सोमबार दाई देखा पर्नु धेरै शुभ मानिने गरिन्छ। हिन्दु धर्म अनुसार गाईलाई महत्वपूर्ण स्थानमा राखिने गरिन्छ। गाईलाई लक्ष्मीको रुपमा लिने गरिन्छ। यति मात्र नभई गाईको शरीरमा धेरै भगवानको वास रहेको मान्यता रहेको कारणले गर्दा गाईको दर्शन साथै पूजाले धेरै भगवान खुसि हुने मान्यता रहेको छ।

साँप

साउनको सोमबार साँप देखा पर्नुको लाई पनि धेरै शुभ मानिने गरिन्छ। भगवान महादेवले साँपलाई आफ्नो आभूषणको रुपमा जहिले पनि स्वीकार गर्ने गर्छन्। जसका कारण साँपलाई देख्नु सोमबार मात्र नभई पुरै साउन महिनामा देख्नु धेरै शुभ मानिने गरिन्छ।

ब्राहमण

साउन महिनाको सोमबार बिहानै ब्राहमण देखा पर्नु धेरै शुभ मानिने गरिन्छ। धार्मिक ग्रन्थ अनुसार ब्राहमण भगवानको समभावक मानिने हुँदा सोमबार ब्राहमणलाई देख्नु धेरै स्वभाग्यशाली मानिने गरिन्छ।

अर्को समाचार:

साउन २९ गते बन्ने भयो दुर्लभ युति-योग ! यी ४ राशिलाई मिल्नेछ धनको वर्षात, बढ्नेछ सुख र सम्वृद्धि !