साउथह्याम्पटनको पोष्टमा लेस्टरको ९ गोल, बन्यो इतिहास !

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेलमा लेस्टरले साउथह्याम्पटनको घरेलु मैदानमा ९-० को फराकिलो जित दर्ता गरेको छ । यो प्रिमियर लिगको इतिहासमा सबैभन्दा फराकिलो अवे जित हो ।

लेस्टरले प्रिमियर लिगको इतिहासमा फराकिलो जितको कीर्तिमान बराबरी समेत गरेको छ । यसअघि सन् १९९५ मा म्यानचेस्टर युनाइटेडले इप्स्वीचविरुद्ध ९-० को नै जित दर्ता गरेको थियो । शुक्रबार जेमी भार्डीले दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा गोल गर्दै ९-० को गोल अन्तर पक्का गरेका थिए ।

लेस्टरले बेन चिल्वेलको १० औं मिनेटको गोलमा अग्रता लिएको थियो । त्यस गोलको मुभका क्रममा साउथह्याम्पटनका डिफेन्डर रायन बर्टरान्डले अयोजे पेरेजलाई लडाएपछि भीएआरको सहायताले रायन रातो कार्ड खाँदै मैदान बाहिरीपछि लेस्टरले त्यसको भरपुर फाइदा उठायो ।

१७ औं मिनेटमा युरी टिलेमान्सले अग्रता दोब्बर पारे । खेलको १९ औं मिनेटमा युरीकै पासमा अयोजे पेरेजले ३-० को अग्रता दिलाए । पेरेजले ३९ औं मिनेटमा बेन चिल्वेलको पासमा गोल गरे । भार्डीले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै लेस्टरलाई ५-० को अग्रेता दिलाएका थिए ।

दोस्रो हाफको ५७ औं मिनेटमा पेरेजले हार्भी बार्न्सको पासलाई सदुपयोग गर्दै ह्याट्रिक पूरा गरे । लगत्तै भार्डीले चिल्वेलकै पासमा आफ्नो व्यक्तिगत दोस्रो गोल गरे । ८५ औं मिनेटमा जेम्स म्याडिसनले फ्रिकिकमा गोल गर्दै स्कोर ८-० पुर्याए । भार्डीले इन्ज्युरी समयमा पेनाल्टी गोल गरेपछि लेस्टरले कीर्तिमानी जित दर्ता गरेको हो ।

यस जितसँगै लेस्टर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरले १० खेलमा २० अंक जोडेको छ । साउथह्याम्पटन भने १० खेलमा ८ अंकसहित १८ औं स्थानमा छ ।

प्रकाशित : शनिबार, कार्तिक ०९, २०७६०८:४५

युवा फरवार्ड रोड्रीगो पहिलोपटक ब्राजिलियन राष्ट्रिय फुटबल टोलीमा, नेयमार परेनन् !