जसरी पनि एम्बाप्पे भित्र्याउने रियलको दाउ ! सफल होला योजना ?

एजेन्सी – क्रिस्टियानो रोनाल्डो जस्तो सफल खेलाडीले क्लब छाडेपछि लय समात्न कसरथ गरिरहेको रियल म्याड्रिड किलियन एम्बाप्पे भित्र्याउने “दाउ”मा रहेको बारे समाचारहरु बाहिरिएका छन्।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार किलियन एम्बाप्पेलाई भित्र्याउन रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज आफैंले चासो देखाएको स्पेनिस संचार माध्यमहरुले जनाएका छन्।

आवश्यक परेको खण्डमा किर्तीमानी रकम खर्च गरेर भएपछि एम्बाप्पे भित्र्याउने सोचमा अध्यक्ष फ्लोरेन्टिनो पेरेज रहेको समाचारहरुमा दावी गरिएको छ। पीएसजीका प्रशिक्षक थोमस टुचेलसँग सम्बन्ध राम्रो रहेको हुँदा पनि पेरेजले एम्बाप्पे भित्र्याउन सहज हुने अनुमान गरेको हुन सक्छ।

आगामी ट्रान्सफर विन्डोमा रियलले विश्वका ठूला खेलाडी माथि आँखा लगाउने अनुमान चलिरहेका बेला यस्तो रिपोर्ट बाहिरिएको हो। रियलको एम्बाप्पे भित्र्याउने कतिको सफल हुन्छ भन्नको लागि भने आगामी विन्डो सम्म कुर्नु पर्ने हुन्छ।

एम्बाप्पे माथि अन्य क्लबको समेत आँखा रहेको हुँदा रियललाई त्यति सहज हुने भन देखिंदैन। विश्वकप पछि क्लब फुटबलमा समय छाएका एम्बाप्पेलाई भविष्यको सबै भन्दा उत्कृष्ट खेलाडीको रुपमा हेर्न थालिएको छ।

एमबाप्पे अहिले उत्कृष्ट लयमा छन्। पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट लगातार गोल गर्दै आएका एम्बाप्पेले केहि दिन अगाडी मात्रै मेस्सीको रेकर्ड तोडेका थिए।

एमबाप्पेले सबैभन्दा कम उमेरमा च्याम्पियन्स लिगमा १५ गोल पूरा गर्ने बार्सिलोना कप्तान लियोनल मेस्सीको कीर्तिमानलाई तोडेका हुन्।

एमबाप्पेले २० वर्ष र ३ सय ६ दिनको उमेरमा च्याम्पियन्स लिगमा १५ गोल पूरा गरेका छन् । च्याम्पियन्स लिगमा मंगलबार राती पिएसजीले क्लब ब्रुगलाई ५–० ले हराउँदा एमबाप्पेले ह्याट्रिक गरेका थिए । पीएसजीका लागि बाँकी २ गोल माउर्को इकार्डीले गरेका थिए । एमबाप्पे ५२ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।

प्रकाशित : शुक्रबार, कार्तिक ०८, २०७६१५:५९

साउथह्याम्पटनको पोष्टमा लेस्टरको ९ गोल, बन्यो इतिहास !