अब पारस पनि टि टेन लिगमा, पाउने भए यति पारिश्रमिक !

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनाको घोषणा गरेका पारस खड्काले अर्को महिना संयुक्त अबर इमिरेट्स (युएई) मा आयोजना हुने टि टेन लिग खेल्ने भएका छन् । पारस अबुधाबी टिमबाट खेल्ने टोलीले आफ्नो ट्विटरमार्फत जानकारी दिएको छ ।

टि टेनका लागि गत साता नै ड्राफ्ट सम्पन्न भएको थियो । पारसको नाम भने हालै सार्वजनिक भएको छ । पारसले ड्राफ्ट अघि नै फ्रेन्चाइज टोलीले आफुलाई सम्पर्क गरेर अनुबन्ध गरिसकेको बताए । पारसले १० हजार अमेरिकन डलर पारिश्रमिक पाउने सम्झौता भएको जनाए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्को खेलाडी सन्दीप लामिछाने कर्नाटक टस्कर्सबाट टि टेन लिग खेल्नेछन् । सन्दीप ए क्याटगरीमा परेर छनोट भएका हुने् । एमा पर्ने खेलाडीले ४५ हजार अमेरिकी डलर पाउनेछन् । टि टेन नोभेम्बर १५ देखी २४ सम्म युएईमा चल्ने छ ।

पारसको टोलीको आइकन खेलाडीका रुपमा इग्ल्यान्डका मोइन अली छन् । त्यस्तै सन्दीपको टोलीको आइकन खेलाडीमा दक्षिण अफ्रिकाका पूर्व ओपनर हसिम अमला छन् ।

प्रकाशित : शुक्रबार, कार्तिक ०८, २०७६०८:३४

जसरी पनि एम्बाप्पे भित्र्याउने रियलको दाउ ! सफल होला योजना ?