च्याम्पियन्स लिगमा लिभरपुलको शानदार जित !

एजेन्सी – सेन्ट्रल मिडफिल्डर ओक्सलेड चेम्वरलेनको दुई गोल सहयोगमा इंग्लिस क्लब लिभरपुलले युइउफएफ च्याम्पियन्स लिगमा बेल्जियन प्रतिद्धन्द्धी जिन्कमाथि शानदार जित निकालेको छ ।

लुमिनस एरिना जिन्कमा बुधबार राति भएको खेलमा लिभरपुलले घरेलु टोलीमाथि ४–१ को शानदार जित हात पारेको हो । लिभरपुलको जितमा चेम्वरलेनले दुई तथा साडियो माने र मोहक्कद सलाहले गोल गरे । घरेलु टोलीका स्टेफन ओडेले सान्त्वना गोल फर्काए । खेलको दोस्रो मिनेटमा नै फाविन्होको पासमा ओक्सलेड चेम्वरलेनको गोलबाट लिभरपुल अघि बढेको थियो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको लिभरपुलले ५७औं मिनेटमा अग्रता दोब्बर पार्यो । ५७औं मिनेटमा चेम्वरलेनले रोवर्टाे फिर्मिनोको पासमा व्यक्तिगत दोस्रो गोल गरे । ७७औं मिनेटमा साडियो मानेले मोहम्मद सलाहको पासमा गोल गर्दै लिभरपुललाई सहज जिततर्फ अघि बढाए । त्यसको १० मिनेटपछि मानेको पासमा सलाहले गोल गर्दै लिभरपुललाई ४–० को अग्रता दिलाए ।

त्यसको एक मिनेटपछि स्टेफन ओडेले गोल गरेपनि जिन्कलाई खेलमा फर्कन ढिला हुदा लिभरपुल ४–१ ले विजयी रहन सफल भयो । जितसँगै समूह ‘ई’ मा लिभरपुल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित जिन्क १ अंकसहित पुछारमा छ ।

यही समूहको अर्काे खेलमा इटालियन क्लब नेपोलीले अष्ट्रियन क्लब साल्जवर्गमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । नेपोलीको जितमा ड्रिएस मेर्टिन्सले दुई तथा लारेन्जो इनसिग्नेले एक गोल गरे । साल्जवर्गका अर्निङ ब्राउट हल्यान्डले दुवै गोल गरे । जितसँगै नेपोली ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा तथा साल्जवर्ग ३ अंकससहित तेस्रो स्थानमा छ ।

प्रकाशित : बिहिबार, कार्तिक ०७, २०७६०९:५४

अब पारस पनि टि टेन लिगमा, पाउने भए यति पारिश्रमिक !