मेस्सीको रेकर्ड तोड्दै एमप्पेले बनाए नयाँ रेकर्ड !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा मंगलबार राति शानदार जित दर्ता गरायो। पीएसजीको जितमा स्टार फरवार्ड केलियन एमबाप्पेले ह्याट्रिक गरे।

मंगलबार राति भएको खेलमा पीएसजीले बेल्जियन क्लब ब्रगमाथि उसकै मैदानमा ५–० को फराकिलो जित निकालेको हो । पीएसजीको फराकिलो जितमा एमबाप्पेको ह्याट्रिक तथा मोउरो इकार्डीले दुई गोल गरे ।

बेल्जियम ब्रगमा पीएसजीले खेलको सातौ मिनेटमा एन्जल डी मारियाको पासमा मोउरो इकार्डीको गोलमा पहिलो हाफमा १–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक खेलमा पीएसजीले दोस्रो गोलको लागि ६१औं मिनेट कुर्नुपरेको थियो ।

६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि इकार्डीले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी खेलमा ३–० ले अघि बढ्यो ।

७९औं मिनेटमा डि मारियाको पासमा एमबाप्पेले व्यक्तिग दोस्रो गाल गर्दा पीएसजी खेलमा ४–० को आरामदायी स्थितिमा अघि बढ्यो । ८३औं मिनेटमा डि मारियाकै पासमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै पीएसजीलाई ५–० को फराकिलो जित दिलाए ।

एम्बप्पेले मंगलबार राति ह्याट्रिक पूरा गर्दै एक रेकर्ड पनि बनाएका छन्। एम्बप्पेले मंगलबार मेस्सीको नाममा रहेको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका हुन्।

च्याम्पियन्स लिगमा १५ गोल गर्ने सबै भन्दा कान्छा उमेरका खेलाडीको रेकर्ड मेस्सीको नाममा रहेकोमा एम्बप्पेले मंगलबार ३ गोल गर्दै उक्त रेकर्ड तोडेका हुन्।

मेस्सीले बार्सिलोनाको तर्फबाट २१ वर्ष २८९ दिन सम्ममा १५ च्याम्पियन्स लिग गोल पूरा गरेका थिए। तर एम्बप्पेले भने २० वर्ष ३०२ दिनमै १५ लिग गोल पूरा गरेका छन्।

प्रकाशित : बुधबार, कार्तिक ०६, २०७६११:०८

डिबाला चम्कँदा युभेन्टसको जित