डिबाला चम्कँदा युभेन्टसको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिब्याला चम्किएपछि इटालियन क्लब युभेन्टसले युइएफए च्याम्पियन्स लिगमा पूनरागमज जित निकालेको छ ।

घरेलु मैदान एलिनाज एरिनामा मंगलबार राति भएको खेलमा युभेन्टसले रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गर्दै पूनरागमन जित निकालेको हो । खेलको ३०औं मिनेटमा एलेक्से मिरनचुकले गोल गरेपछि पाहुना टोलीले बलियो युभेन्टसविरुद्ध अप्रत्यासित अग्रता लिएको थियो । एक गोलले पछि परेपछि युभेन्टसले लोकोमोटिभ मस्कोलाई लगातार दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

तर, दोस्रो हाफमा डिब्यालाले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै युभेन्टसलाई पूनरागमन जित दिलाए । ७७औं मिनेटमा पाउलो डिब्यालाले जुवान कोर्डाडोको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि एलेक्स सान्द्रोको पासमा डिब्यालाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाए ।

जितसँगै युभेन्टस समूह ‘डी’ ३ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ७ अंक रहेपनि एट्लेटिको मड्रिड शीर्षस्थानमा छ । ३ अंकसहित मस्को ३ अंक जोडेर तेस्रो तथा बायर लिभरकुसेन अंकविहीन हुदै पुछारमा छ । यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले जर्मन क्लब बायर लिभरकुसेनमाथि १–० को जित निकाल्दै महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।

प्रकाशित : बुधबार, कार्तिक ०६, २०७६११:२३

आईपीएल २०२० : यी ५ स्टार खेलाडी दिल्लीबाट निकालिन सक्छन् !