भारत र पाकिस्तान बीच भिडन्त

एजेन्सी – भारत र पाकिस्तानको नियन्त्रण रेखा क्षेत्रमा भारत र पाकिस्तान बीच भिडन्त भएको छ। दुई पक्ष बीच आइतबार नियन्त्रण रेखा क्षेत्रमा भिडन्त भएको हो।

भारत र पाकिस्तानको सीमाको लाइन अफ कन्ट्रोल क्षेत्रमा पर्ने गुन्दिशात गाउँ र तंगधारमा दुई पक्ष बीच गोली हाना-हान भएको बताइएको छ। गोली हानाहान भएको विषयमा दुवै पक्षले एक-अर्का विरुद्ध फरक-फरक आरोप लगाएका छन्।

पाकिस्तानले भारतीय क्षेत्रमा आतंकवादी घुसपैठ गरेका कारण युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ भने युद्धविराम उल्लंघन गरी नागरिकहरूलाई निशाना पाकिस्तानको आरोप छ।

दुई पक्ष बीच भएको भिडन्तमा भारतीय पक्षका ५५ वर्षीय मोहम्मद सादिकको ज्यान जानुक साथै ७० वर्षीय मोहम्मद मकबूल, ५० वर्षीय मोहम्मद शफी र २२ वर्षीय युसुफ हामिद घाइते भएको भारतीय पक्षले जानकारी गराएको छ। पाकिस्तानका ६ देखि १० सैनिकहरूको ज्यान जानुका साथै पाकिस्तानी सेनाका केहि शिविरहरू ध्वस्त भएको भारतीय सेनाको दावी छ।

यता पाकिस्तानले भने १ पाकिस्तानी साथै २ सर्वसाधारणको ज्यान गएको दावी गरेको छ। ९ भन्दा बढी भारतीय सेनाको ज्यान जानुका साथै कयौं घाइते भएको र दुई भारतीय बंकर धवस्त पारिएको पाकिस्तानी पक्षको दावी छ।

प्रकाशित : सोमबार, कार्तिक ०४, २०७६०९:३३

भारत-पाकिस्तान भिडन्त : पाकिस्तानी सेनाको गोली लागेर दुई गोर्खा सैनिकको ज्यान गयो !