भारत-पाकिस्तान भिडन्त : पाकिस्तानी सेनाको गोली लागेर दुई गोर्खा सैनिकको ज्यान गयो !

एजेन्सी – नियन्त्रण रेखा क्षेत्रमा भारत र पाकिस्तान बीच भएको भिडन्तमा दुई दुई गोर्खा सैनिकको ज्यान गएको छ। ज्यान गुमाउनेहरुमा १ नेपाली छन् भने अर्का नेपाली मूलका भारतीय छन्।

आइतबार भएको उक्त भिडन्तमा गोर्खा रेजिमेन्टका जवान पद्म बहादुर श्रेष्ठ र राईफल म्यान गामिल कुमार श्रेष्ठको ज्यान गएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

राइफल म्यान गामिल कुमार श्रेष्ठ नेपाली रहेको र उनको घर पाल्पा रहेको बताइएको छ। गोर्खा रेजिमेन्टका जवान पद्म बहादुर श्रेष्ठ भने भारतको आसाम गोलाघाट जिल्लास्थित हतिखुलीका निवासी रहेको भारतीय संचार माध्यमहरुको दावी छ।

भारत र पाकिस्तानको सीमाको लाइन अफ कन्ट्रोल क्षेत्रमा पर्ने गुन्दिशात गाउँ र तंगधारमा दुई पक्ष बीच गोली हाना-हान भएको बताइएको छ। गोली हानाहान भएको विषयमा दुवै पक्षले एक-अर्का विरुद्ध फरक-फरक आरोप लगाएका छन्।

पाकिस्तानले भारतीय क्षेत्रमा आतंकवादी घुसपैठ गरेका कारण युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ भने युद्धविराम उल्लंघन गरी नागरिकहरूलाई निशाना पाकिस्तानको आरोप छ।

दुई पक्ष बीच भएको भिडन्तमा भारतीय पक्षका केहि सैनिकको ज्यान गएको भारतीय पक्षले जानकारी गराएको छ। पाकिस्तानका ६ देखि १० सैनिकहरूको ज्यान जानुका साथै पाकिस्तानी सेनाका केहि शिविरहरू ध्वस्त भएको भारतीय सेनाको दावी छ।

यता पाकिस्तानले भने १ पाकिस्तानी साथै २ सर्वसाधारणको ज्यान गएको दावी गरेको छ। ९ भन्दा बढी भारतीय सेनाको ज्यान जानुका साथै कयौं घाइते भएको र दुई भारतीय बंकर धवस्त पारिएको पाकिस्तानी पक्षको दावी छ।

प्रकाशित : सोमबार, कार्तिक ०४, २०७६१४:११

फिलिपिन्सका ९ हजार प्रहरी माथि कारवाही, २ हजार भन्दा बढीलाई प्रहरीबाटै हटाइयो !