प्रार्थना भइरहेकै बेला मस्जिदमा भयानक विस्फोटन, २८ भक्तजनको ज्यान गयो !

सांकेतिक तस्विर

जलालावाद, अफगानिस्तान, अफगानिस्तानको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २८ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउने सबै प्रार्थनाका लागि मस्जिद भएका भक्तजन रहेको र अरु पनि कयौं घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका वेला मस्जिद परिसर नजिकै विस्फोट भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अनपेक्षित हिंसा भइरहेको प्रतिक्रिया दिएको भोलिपल्ट विस्फोटनको यो ठूलो घटना भएको हो ।

प्रत्यक्षदर्शीहरूले कम्तीमा ५५ जना घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको जानकारी दिएका छन् ।


अस्पतालका एक चिकित्सकले झण्डै ३२ शव ल्याइएको र अन्य ५० भन्दा बढी घाइते भएको बताएका छन् ।

देशको नान्गाहार प्रान्तको राजधानी जलालावाददेखि झण्डै ५० किलोमिटर टाढा पर्ने हास्का मिना जिल्लामा रहेको मस्जिदमा विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोज्यानीले एएफपीलाई बताए ।

उनले पनि ज्यान गुमाउने सबै र घाइते भएका अधिकांश मस्जिदमा प्रार्थना गर्न आएका भक्तजनहरू रहेको जानकारी दिए ।

घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । तर नान्गाहार प्रान्तमा तालिवान लडाकू र इस्लामिक स्टेट (आईएस) लडाकूहरू हिंसात्मक कार्यमा सक्रिय छन् ।

प्रकाशित : शुक्रबार, कार्तिक ०१, २०७६१९:४१

रासायनिक हतियारले यस्तो बनायो सिरियाका बाल-बालिकाको शरीर ! भिडियो र तस्विरमा यस्तो सम्म देखियो…