रासायनिक हतियारले यस्तो बनायो सिरियाका बाल-बालिकाको शरीर ! भिडियो र तस्विरमा यस्तो सम्म देखियो…

एजेन्सी – इस्लामिक स्टेट्स विरुद्धको लडाईंमा कुर्दहरु सँगै रहेका अमेरिकी सेना फर्काउने राष्ट्रपति ट्रम्पको घोषणा लगत्तै टर्कीले आक्रमण गरेपछि उत्तरी सिरियाको स्थिति भयाभह हुन पुग्यो।

उत्तरपूर्वी सिरियामा गत अक्टोबर ९ बाट शुरु भएको टर्कीको हवाई र स्थलगत आक्रमणमा परी पाँच सयभन्दा बढी सर्वसाधारणको ज्यान गएको विवरणहरु सार्वजनिक भएका छन्। टर्कीको आक्रमणबाट घाइते भएकाहरुको भने कुनै लेखा-जोखा नै छैन।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार टर्कीले उक्त आक्रमणको क्रममा रासायनिक हतियारको समेत प्रयोग गरेको थियो। रासायनिक हतियारका कारण कयौं व्यक्तिहरु गम्भीर रुपले घाइते भएको बताइएको छ।

सामाजिक संजाल तथा मिडियाहरुमा रासायनिक हतियारले जलेर घाइते भएकाहरुको भयानक भिडियो तथा सार्वजनिकहरु देखिएका छन्। सार्वजनिक भएका भिडियोहरुमा विभिन्न अंग जलेका घाइतेहरु देखिएका छन्।

टर्कीले सोमबार भारी-हमला गरेको रस अलाइन् शहरको तल-तमार अस्पतालको भनिएको एक भिडियोमा प्रतिबन्धित रासायनिक हतियारहरूको प्रयोगले जलेका एक बालक देखिएका छन्। दृश्यमा माथिल्लो भागको शरीर जलेको देखिएको छ।

“बुवा जलन रोक्नुस् न, बिन्ति गर्छु” भन्दै गरेको रुँदै गरेको ती बालकलाई अस्पताल ल्याइएलगतै पिडाकम हुने औषधि दिइएको उक्त अस्पतालका चिकित्सकहरुले बताएका छन्।

रासायनिक हतियार विशेषज्ञहरुका अनुसार ती बालकको शरीरको जलन सेतो फास्फोरसको जलनसँग मिल्दोजुल्दो देखिन्छ। सेतो फास्फोरस प्रतिबन्धित रासायनिक रहेको र टाँसीएपछि यसले छाला जलाउने विशेषज्ञहरु बताउँछन्।

यस भिडियो बाहेक अन्य तस्विरहरु पनि सार्वजनिक भएका छन्। जसमा रासायनिक हतियारले शरीरका विभिन्न अंग जलेका पिडित बाल-बालिकाहरु देखिएका छन्।

स्थानीय संचार माध्यमहरुका अनसार टर्कीले सेतो फास्फोरस देखि नपाम जस्ता घातक रासायनिक तत्वले जलेका सर्वसाधारणहरुलाई असपतालमा देखिएको छ।

जारी यस द्वन्द्वका कारण तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएका मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ ले जानकारी दिएको छ । टर्कीले गरेको यस आक्रमणको विश्वभर आलोचना भएको छ।

सर्वत्र आलोचना खेपेसँगै टर्कीले तत्कालको लागि उत्तरी सिरियामा अस्थायी युद्धविरामको घोषणा गरिसकेको छ।

सिरियाली कुर्द लडाकूहरुका विरुद्धमा जारी घातक आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले पनि गम्भीर चासो व्यक्त गरेको छ ।

त्यस आक्रमणप्रति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले चासो व्यक्त गरेको थियो । बुधबार राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा सिरियाको उत्तरी क्षेत्रमा जारी आक्रमणबाट भएको क्षतिको बारेमा छलफल भएको थियो ।

बुधबारको सो बैठकमा सुरक्षा परषदका सदस्य राष्ट्रहरुबीच आक्रमण रोक्नुपर्ने विषयमा आवश्यक परामर्श र छलफल भएको र त्यस विषयमा सहमति पनि भएको बताइएको छ ।

उक्त बैठकमा भएको छलफलको बारेमा जानकारी दिँदै संयुक्त राष्ट्रसंघका लागि दक्षिण अफ्रिकाका स्थायी प्रतिनिधि जेरी मतजिलाले उक्त आक्रमणबाट मानवीय संकट पैदा भएको भन्दै यसबाट उत्पन्न हुन सक्ने परिस्थितिप्रति गहिरो चासो राखेको बताए ।

इस्लामिक स्टेट्स विरुद्धको लडाईंमा कुर्दहरु सँगै रहेका अमेरिकी सेना फर्काउने राष्ट्रपति ट्रम्पको घोषणा लगत्तै टर्कीले त्यस क्षेत्रमा हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो । उत्तरपूर्वी सिरियाको यस इलाका कुर्दिश लडाकूको नियन्त्रणमा रहेको छ ।

टर्कीले सिरियामा गरेको सो आक्रमणबाट करिब तीन लाख मानिस विस्थापित भएका अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै गरेको छलफलमा उत्तरी सिरियामा यस आक्रमणका कारण मानवीय सङ्कट उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरेको थियो ।

प्रकाशित : शनिबार, कार्तिक ०२, २०७६१३:१२

मस्जिदमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो