पणजी, गोवा – भारतको गोवाबाट नयाँदिल्लीतर्फ उडेको इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ । विमानमा करिब २०० जना यात्रु सवार थिए ।
इन्डिगोको ६ई–३३६ विमान गोवाबाट उड्नासाथ पाइलटले इन्जिनमा समस्या आएको पत्ता लगाएका थिए । पाइलटले तत्कालै उक्त जहाज गोवाकै डाबोलिम विमानस्थलमा फर्काएर आकस्मिक रुपमा सकुसल अवतरण गराएका थिए ।
इन्डिगोका तर्फबाट जारी गरिएको वक्तव्यमा पाइलटले इन्जिनमा समस्या देखिएपछि तत्कालै गोवा विमानस्थलमा विमान अवतरण गराएका र विमानको जाँच शुरु गरिएको उल्लेख छ । वक्तव्यमा सबै यात्रुलाई अर्को विमानमा राखेर गन्तव्यतर्फ पठाइएको पनि जनाइएको छ ।
IndiGo flight from Goa to Delhi (6e-336) returned to Goa airport after 15 minutes of being airborne yesterday, after the flight detected a glitch in the engine. pic.twitter.com/f3ntnJiCt4
— ANI (@ANI) September 30, 2019
IndiGo statement: We strongly refute the occurrence of any fire in the engine of flight 6E-336 from Goa to Delhi on Sept 29. However, the cause of the incident is not known yet and is currently under investigation. https://t.co/cuGIWIFfAP
— ANI (@ANI) September 30, 2019