जापानमा ६१ वर्ष पछिकै ठूलो आँधी ! के छ नेपालीहरुको अवस्था ? यस्तो छ पछिल्लो “अपडेट”

काठमाडौँ – हगिबीस आँधीको कारण जापानको राजधानी टोकियोसहित विभिन्न शहरको जनजीवन अस्तव्यस्त भएको छ। २१६ किलोमिटर प्रतिघन्टाको यस आँधीको कारण टोकियो शहरसहितका विभिन्न शहरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

जापानी संचार माध्यमहरुका अनुसार हगिबीस आँधी सन् १९५८ यताकै सबैभन्दा ठूलो हो। आँधीबाट टोकियोसहित नागान्यो, एमानासी, गुन्मा, सिजोओका, साइपामा, सानागावालगायतका क्षेत्र प्रभावित भएको स्थानीय संचार माध्यमहरुको दावी छ। आँधीसँगैको भारी वर्षाको कारण जापानका धेरै स्थानहरु जलमग्न समेत बनेका छन्।

करिब ६० वर्ष पछिकै सबै भन्दा ठूलो अनुमान गरिएको यस आँधीका कारण जापान सरकारले ५१ लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा सारेको छ। धेरै जस्तो स्थान जलमग्न भएको कारण उद्योग, कलकारखाना र पसलहरु बन्द भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्। आँधी, वर्षा र भूकम्प लगातार गएको कारण पनि जनजीवन प्रभावित हुन पुगेको बताइएको छ।

आइतबार बिहान ५ ७ रेक्टर स्केलको भूकम् समेत गएको बताइएको छ। प्राप्त जानकारी अनुसार टोकियोको उत्तरी क्षेत्रमा पर्ने चिबालाई केन्द्रविन्दु बनाएर भूकमो भएको हो।

जापानमा ठूलो संख्यामा नेपालीहरु बस्दै आएका छन्। आँधी, वर्षा र भूकम्पको कारण जापानको जनजीवन प्रभावित भएको अवस्थामा जापानमा रहेका नेपालीहरुका आफन्तहरु नेपालमा चिन्तित बनेका छन्।

टोकियोस्थित नेपाली दूतावासका अनुसार शनिबार सम्म सम्पूर्ण नेपाली सुरक्षित छन्। शनिबार राति सम्म कुनै नेपाली असुरक्षित भएको खबर नआएको दूतावास श्रोतले जनाएको छ।

हगिबीस टाइफुनका तस्विर/भिडियोहरु

प्रकाशित : आइतबार, असोज २६, २०७६०९:२९

जापानको आँधीमा ११ जनाको मृत्यु, जनजीवन प्रभावित !