प्रदूषित पानीको कारण पाँचको मृत्यु १८ घाइते

कम्बोडिया, २२ वैशाख,कम्बोडियाको क्राती प्रान्तमा प्रदूषित पानीका कारण पाँच जनाको मृत्यु भएको छ ।

प्रदूषित पानीकै कारण अरु १८ जना बिरामी भएर उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी अधिकारीले शनिबार जनाएका छन् ।

“शुक्रबारसम्म दुई जना पुरुष र तीन जना महिलाको मृत्यु भएको छ, अरु १८ जना पनि विरामी भएकाले उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ,” क्राती प्रान्तका प्रहरी उपप्रमुख ओम फिले भन्नुभयो ।

उहाँले ग्रामिण क्षेत्रमा पिउने पानी नहरबाट ल्याउने गरेको र त्यो पानी प्रदूषित रहेको बताउनुभयो ।

प्रदूषित पानी पिउनेलाई छाती दुख्ने, बान्ता आउने, पेट र आँखा दुख्नेलगायतका लक्षण देखिने गरेको फिले जानकारी दिनुभयो ।

कम्बोडिया, २२ वैशाख (रासस÷सिन्ह्वा) ः कम्बोडियाको क्राती प्रान्तमा प्रदूषित पानीका कारण पाँच जनाको मृत्यु भएको छ ।

प्रदूषित पानीकै कारण अरु १८ जना बिरामी भएर उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी अधिकारीले शनिबार जनाएका छन् ।

“शुक्रबारसम्म दुई जना पुरुष र तीन जना महिलाको मृत्यु भएको छ, अरु १८ जना पनि विरामी भएकाले उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ,” क्राती प्रान्तका प्रहरी उपप्रमुख ओम फिले भन्नुभयो ।

उहाँले ग्रामिण क्षेत्रमा पिउने पानी नहरबाट ल्याउने गरेको र त्यो पानी प्रदूषित रहेको बताउनुभयो ।

प्रदूषित पानी पिउनेलाई छाती दुख्ने, बान्ता आउने, पेट र आँखा दुख्नेलगायतका लक्षण देखिने गरेको फिले जानकारी दिनुभयो ।

प्रकाशित : शनिबार, बैशाख २२, २०७५१०:१२

स्थानीय समयानुसार २ः१९ बजे शक्तिशाली भूकम्प