स्थानीय समयानुसार २ः१९ बजे शक्तिशाली भूकम्प

मनिला २२ वैशाख, फिलिपिन्समा शनिबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्थाले उक्त जानकारी दिएको छ ।

स्थानीय समयानुसार २ः१९ बजे शनिबार अपराह्नमा आएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मात्र भएको फिलिपिन्सका अधिकारीले जानकारी दिएका छन् ।

यस भूकम्पमा हालसम्म मानवीय र सम्पत्तिको क्षतिको कुनै विवरण प्राप्त नभएको र यस विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

भूकम्पको केन्द्र विन्दु राजधानी मनिलाबाट ३१० किलोमिटर पूर्वमा रहेको स्थानको आपपास नै १७.९ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

प्रकाशित : शनिबार, बैशाख २२, २०७५१०:१५

दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न जाने