साताको राशिफल: पौष महिनाको यो पहिलो साता शुभ-अशुभ कस्तो रहला दिनहरु, हेर्नुहोस् साप्ताहिक राशिफल !

साताको राशिफल : – पुस २ देखि ८ गतेसम्म

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

साताको पूर्वाद्र्ध राम्रो छ । मङ्गलबारदेखि भने समस्या थपिँदै जालान् र आर्थिक स्थिति त्यति राम्रो नरहला । त्यसैले मनमा चिन्ता बढ्नेछ । मित्रको सहयोगले मात्र काम बन्ला । गणेशको आराधना गरी नै रहनुहोस् । जागिरको काममा समेत केही सुधार हुनसक्छ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

साताको सुरुमा खर्चको मात्रा बढे पनि आइतबारदेखि मात्रै सुधार आउला । नेतृत्व शक्ति कमजोर भएको छ । त्यसैले जुनसुकै काममा पनि आफू अग्रसर नहुनुहोस् । नोकरीबाट सन्तोष होलाजस्तो छैन । व्यापार, व्यवसायले भने केही न केही दिई नै रहनेछ । पारिवारिक सुख साह्रै सीमित देखा पर्छ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

साताको सुरुमा स्वास्थ्य गडबढिएला । स्वास्थ्यकै लागिसमेत यात्रा गर्नुपर्ने स्थिति आउन सक्छ । आम्दानी भए पनि बढ्दो खर्चका कारण धान्न मुस्किल छ । व्यावसायिक कामले समेत सीमित लाभ दिनेछ । नारायण एवं सूर्यको नित्य दर्शन गरिरहनुहोस् ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

साताका सुरुका दुई दिन निकै राम्रा छन् । त्यसैले गर्नुपर्ने काम आइतबारको अपराह्नसम्ममा सकिहाल्नुहोस् । त्यसपछिको समय त्यति राम्रो छैन । अनेकौँ समस्यासित जुध्नुपर्नेछ । सप्ताहान्तको दिन मात्र तपाईंका लागि राम्रो देखा पर्छ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

यो साता खर्च घटाउन सकिने छैन तर आम्दानीको स्रोत पनि बलियो नै हुनाले ठूलो समस्या ́ेल्नुपर्ने देखिन्न । सूर्यको नित्य दर्शन गरेमा सानातिना समस्या पनि हट्न सक्छन् । परिश्रम बढी पर्ने र त्यसबाट मनग्गे आम्दानीसमेत हुने समय छ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

राम्रै रूपमा सातालाई लिन सकिन्छ । सुरुका दिनमा भोजभतेर पर्नुका साथै मन मिलेका साथीसँग भेटसमेत होला । खर्च भने त्यति घट्ने छैन । शिक्षाको क्षेत्रमा लगाएको श्रम खेर जाने देखिन्न । व्यवसायको क्षेत्रमा आर्जन पनि राम्रैसँग होला ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

शनिबार र आइतबार बढी खर्च हुनेछ । त्यसपछि यस साता ठोस काम नभए पनि मनोरञ्जन भने निकै नै गरिएला । मङ्गलबार सानोतिनो चोटपटक पनि लाग्न सक्छ । त्यसैले बिहानै गणेशको दर्शन गर्नुहोस् । बेलुकीदेखि काम गर्ने हौसला बढ्नुका साथै आर्जन पनि राम्रो होला ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यो साता परिवारका लागि बढी खर्च गर्नुपर्नेछ । बढेको खर्च देख्दा मन आत्तिएला । बौद्धिक स्थिति पनि बिस्तारै कमजोर भएको छ । सरस्वतीको सेवा गरिरहनुहोस् । जागिरबाट भएको आयले मात्र समस्या टार्न गाह्रो छ । व्यावसायिक कामले भने राम्रै टेवा देला ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यो साता मनमा डर लागिरहला । सानो काम पूरा गर्न पनि समय र परिश्रम निकै खर्च गर्नुपर्नेछ । जागिरको क्षेत्रमा केही बखेडा आउन सक्छन् । शनिश्चरको आराधनाले त्यसलाई टार्न सकिनेछ । पढाइमा भने राम्रै प्रगति गर्नुहोला । मित्रको सहयोग मिली नै रहनेछ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

साताका सुरुका दुई दिन मनमा डर बढी लाग्ला । सोमबारदेखि भने काम गर्ने उत्साह बढ्नुका साथै गरेका काम बन्ने पनि छन् । यद्यपि खर्च भने सोचेभन्दा बढी होला । स्वास्थ्यको स्थिति मध्यम छ । गोडामा चोट लाग्न पनि सक्छ । शनिबारको दिन विशेष सतर्क भएर हिँड्नुहोस् ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

साताको पूर्वाद्र्ध त्यति राम्रो छैन । गरेका काममा विघ्नबाधा पर्नुका साथै मनमा चिन्ता परिरहनेछ । व्यापार, व्यवसायको क्षेत्रमा भएको आर्जनले मात्र व्यवहार धान्न सकिएला । सहयोग दिने मित्र निकै पाउनुहुनेछ । यद्यपि रिस गर्नेहरूको सङ्ख्या पनि कम छैन ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मध्यम खालको साता छ । आधा काम बन्ला भने आधा बाँकी रहनेछ । यात्रा गर्ने इच्छा हुँदाहुँदै पनि अपूरो नै रहनेछ । व्यावसायिक लाभ त्यति धेरै देखिँदैन । जागिरतिर पनि निराशा नै बढी छ । पारिवारिक चिन्ता बढी नै रहला । इन्द्राणीको सेवा गर्न नबिर्सनुहोस् ।

अर्को समाचार:

भोलि सफला एकादशीमा बन्दैछ ३ शुभ संयोग, यी राशिका व्यक्ति हुनेछन् लाभान्वित !