भोलि सफला एकादशीमा बन्दैछ ३ शुभ संयोग, यी राशिका व्यक्ति हुनेछन् लाभान्वित !

धार्मिक मान्यता अनुसार सफला एकादशीमा भगवान विष्णुको पूजा गरिन्छ । पञ्चाङका अनुसार यस वर्षमा २४ वटा एकादशी परेका छन् । एकादशीको दिन मानिसहरूले व्रत बसेर भगवान विष्णुको पूजा गर्ने प्रचलन रहेको छ। सफला एकादशी भोलि सोमबार पौष ४ गते परेको छ। साथै यस दिन ३ वटा शुभ योग पनि बन्न लागेको छ । जसका कारण यो दिनको महत्त्व झनै बढेको छ । एकै साथ, यी योगबाट ३ राशिका व्यक्तिहरूलाई धन प्राप्त हुने प्रबल सम्भावना छ, जान्नुहोस् यी राशिहरू कुन-कुन ?

सफला एकादशीका दिन सूर्य र बुधको संयोगले ‘बुद्धादित्य राजयोग’ बनिरहेको छ । अर्कोतर्फ बुध र शुक्रको संयोगले ‘लक्ष्मीनारायण योग’ बनिरहेको छ । यससँगै ‘त्रिग्रही योग’ पनि बनिरहेको छ । जान्नुहोस् यस समयमा कुन-कुन राशिका व्यक्तिहरूले प्राप्त गर्न सक्छन् आर्थिक लाभ…

वृष राशि 

तीन शुभ योग बन्ने भएकाले यस राशिका व्याक्क्तिलाई धन लाभ हुने शुभ समय हुनेछ । साझेदारी कार्यमा राम्रो लाभ हुन सक्छ। यसका साथै भाग्यको साथ पनि मिल्नेछ र रोकिएका कामहरू पूरा हुने देखिन्छ। यस शुभ योगको प्रभावले रोजगारी क्षेत्रका मानिसहरुलाई भाग्यको पूर्ण साथ मिल्नेछ । वरिष्ठ र अधिकारीहरूबाट सहयोग मिल्नेछ।

सिंह राशि  

तीनवटा शुभ योग बन्ने भएकाले आम्दानीमा राम्रो हुने सम्भावना रहेको छ । यसका साथसाथै आम्दानीका नयाँ साधन पनि बन्न सक्छन् । साथै यस समयमा शत्रुहरूमाथि विजय प्राप्त गर्न सफल हुन सक्नुहुन्छ। कामको सिलसिलामा यात्रामा जानुपर्ने हुनसक्छ । यसका साथै सन्तानको पक्षबाट केही शुभ समाचार प्राप्त हुन सक्छ। साथसाथै जीवनसाथीको सहयोग पनि प्राप्त हुनेछ ।

तुला राशि 

 

करियर र व्यापारको दृष्टिले तीन शुभ योगहरू यस राशिको लागि राम्रो साबित हुन सक्छन्। यस समयमा व्यापारमा आउने नयाँ प्रस्तावले राम्रो लाभ लिन सक्नुहुनेछ। साथै यस समयमा आर्थिक अवस्था पहिले भन्दा बलियो हुनेछ। तर यस समयमा लेनदेन गर्दा सावधानी अपनाउनुहोस्। अन्यथा क्षति हुन सक्छ। यस समयमा अदालती मामिलामा सफलता मिल्नेछ।

अर्को समाचार:

साताको अशुभ राशि: पुष महिनाको यस साता यी ४ राशि रहनुहोस् सावधान, कुन-कुन राशि ?