साताको अशुभ राशि: पुष महिनाको यस साता यी ४ राशि रहनुहोस् सावधान, कुन-कुन राशि ?

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन-कुन राशिलाई सावधान रहन पर्ने हुन्छ ?

साताको राशिफल : – पुस २ देखि ८ गतेसम्म

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

साताको पूर्वाद्र्ध राम्रो छ । मङ्गलबारदेखि भने समस्या थपिँदै जालान् र आर्थिक स्थिति त्यति राम्रो नरहला । त्यसैले मनमा चिन्ता बढ्नेछ । मित्रको सहयोगले मात्र काम बन्ला । गणेशको आराधना गरी नै रहनुहोस् । जागिरको काममा समेत केही सुधार हुनसक्छ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

साताको सुरुमा स्वास्थ्य गडबढ होला । स्वास्थ्यकै लागिसमेत यात्रा गर्नुपर्ने स्थिति आउन सक्छ । आम्दानी भए पनि बढ्दो खर्चका कारण धान्न मुस्किल छ । व्यावसायिक कामले समेत सीमित लाभ दिनेछ । नारायण एवं सूर्यको नित्य दर्शन गरिरहनुहोस् ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यो साता परिवारका लागि बढी खर्च गर्नुपर्नेछ । बढेको खर्च देख्दा मन आत्तिएला । बौद्धिक स्थिति पनि बिस्तारै कमजोर भएको छ । सरस्वतीको सेवा गरिरहनुहोस् । जागिरबाट भएको आयले मात्र समस्या टार्न गाह्रो छ । व्यावसायिक कामले भने राम्रै टेवा देला ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यो साता मनमा डर लागिरहला । सानो काम पूरा गर्न पनि समय र परिश्रम निकै खर्च गर्नुपर्नेछ । जागिरको क्षेत्रमा केही बखेडा आउन सक्छन् । शनिश्चरको आराधनाले त्यसलाई टार्न सकिनेछ । पढाइमा भने राम्रै प्रगति गर्नुहोला । मित्रको सहयोग मिली नै रहनेछ ।

अर्को समाचार:

साताको शुभ राशि: यस साता यी ६ राशिलाई अत्यन्तै शुभ हुँदै, हुनेछ शुभै-शुभ !