राहु-केतुको गोचरले यी राशिलाई हुनेछ ठूलो नोक्सानी, धन-सम्पतिमा आउनेछ कमी

काठमाडौँ : – राहु र केतु दुवैलाई अशुभ ग्रह मानिन्छ, जसले समय – समयमा गोचर गर्छन्। राहु र केतुले राशि परिवर्तन गर्दा आम मानिसदेखि करोडपतिसम्मको जीवनमा परिवर्तन ल्याउने जनविश्वास रहेको छ। वैदिक पञ्चाङ्गअनुसार कार्तिक २५ गते आइतबारको दिन छायाँ ग्रह राहु र केतुले एकैसाथ रातको ११ बजेर ४६ मिनेटमा नक्षत्र परिवर्तन गरेको छ। राहु उत्तर भाद्रपद नक्षत्रमा गोचर भएको छ भने केतुले उत्तरा फाल्गुनी नक्षत्रमा कदम राखेको छ।

यी दुई ग्रहको नक्षत्र परिवर्तनले १२ राशिको जीवनमा शुभ र अशुभ प्रभाव पार्नेछ। राहु-केतुको गोचरले यी तीन राशिका जातकहरुलाई लाभ हुँदैन्। उनीहरुको करियर र व्यापारमा ठूलो नोक्सान हुन् सक्छ। आउनुहोस् जानौं ती तीन राशिका बारेमा…

मेष राशि

राहु र केतुको गोचरले मेष राशिका व्यक्तिलाई अशुभ प्रभाव पार्नेछ । विद्यार्थीको व्यवहारमा नकारात्मक परिवर्तन आउनेछ, जसका कारण बाबुसँग झगडा हुने सम्भावना छ । आफ्नै पसल भएका मानिसहरूलाई ठूलो नोक्सान हुन सक्छ।

व्यवसायीका नयाँ सम्झौता सम्पन्न नहुने हुँदा व्यापारमा ठूलो नोक्सानी हुनसक्छ । भविष्यका लागि बनाएका योजना समयमै पूरा नहुने भएकाले लगानीमा आर्थिक हानि हुने सम्भावना पनि छ । काम गर्ने व्यक्तिहरूको कार्यालयमा सहकर्मीहरूसँग विवाद हुन सक्छ।

सिंह राशि

राहु–केतुको गोचरले यस राशिका मानिसहरुको आम्दानीमा अशुभ प्रभाव पर्नेछ । नयाँ व्यापारिक सम्बन्ध फलदायी हुनेछैन, जसका कारण आर्थिक स्थितिमा परिवर्तन हुनेछैन। रोजगारी भएका व्यक्तिहरू कामको लागि यताउता दौडनु पर्नेछ, जसका कारण उनीहरूको स्वास्थ्य पनि बिग्रन सक्छ।

युवाहरूले अनावश्यक कसैसँग झगडा नगर्नु पर्छ। अन्यथा सिंह राशिका व्यक्तिले झगडाका कारण अदालतको चक्कर काट्नु पर्न सक्छ । भर्खरै सम्बन्धमा आएका मानिसहरुको आफ्नो पार्टनरसँग झगडा हुन सक्छ ।

कुम्भ राशि

व्यापारिक यात्रा असफल हुनेछ, जसका कारण व्यवसायी तनावमा रहनेछन्। महत्वपूर्ण काममा बाधा आउनुका कारण नोकरीपेशा गर्ने जातकहरुले मालिकको असन्तुष्टिको सामना गर्नुपर्नेछ।

दाम्पत्य जीवनमा समस्याहरू रहिरहनेछन्, जसका कारण घरको वातावरण खासै राम्रो हुनेछैन। ५० वर्षभन्दा माथिका व्यक्तिको स्वास्थ्य बिग्रन सक्छ। एकपटक फेरि पुरानो रोगको पीडाले वृद्धहरूलाई सताउन सक्छ।

अर्को समाचार:

कार्तिक २८ गतेको पञ्चाङ्ग : बुधबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?