सन् २०२३ मा कुन राशिमा रहनेछ शुक्र देवको कृपा, यस्तो रहनेछ वर्ष भरको स्थिति !

ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई धन, विलास, प्रेम, ऐश्वर्य, सौन्दर्य र सुखसुविधा आदिको कारक मानिएको छ । नयाँ वर्षमा सन् २०२२ मा शुक्र ग्रहको राशि परिवर्तनले कन्या राशिका व्यक्तिलाई धनसम्पत्ति र ऐश्वर्यको लाभ दिनेछन् । नयाँ वर्षमा शुक्र ग्रहको राशि परिवर्तनका कारण मीन राशिमा मालव्य राजयोग बन्ने भएकाले केही राशिलाई धन लाभ हुनेछ ।

मालव्य योगको साथमा धन लाभ मात्र हुँदैन, भाग्यले पनि साथ दिन्छ । प्रत्येक ग्रहले निश्चित अवधिमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्दछ। यस वर्षको कुरा गर्दा अहिले शुक्र ग्रह वृश्चिक राशिमा छ । अब २९ डिसेम्बरसम्म यो राशिमा रहनेछ र त्यसपछि फेरि राशि परिवर्तन हुनेछ।

वृषः शुक्रको राशि परिवर्तनको कारण वृष राशिका व्यक्तिहरुलाई नोकरी तथा व्यवसायमा राम्रो अवसर मिल्नेछ । यो समय यस राशिको लागि आम्दानीको नयाँ स्रोत बन्नेछ । यस राशिका व्यक्तिहरुलाई व्यापारमा राम्रो लाभ मिल्नेछ ।

कुम्भ: भगवान शनि कुम्भ राशिको स्वामी ग्रह हुन् । यस राशिका व्यक्तिहरूलाई शनिको प्रवेश र शुक्रको गोचरबाट पनि लाभ मिल्नेछ। यति मात्र होइन, सन् २०२३ मा शुक्रको गोचरले सिंह राशिका व्यक्तिहरूलाई पनि फाइदा हुनेछ र काममा लाभदायक स्थिति प्राप्त गर्न सक्नु हुनेछ। समाजमा सम्मान मिल्नेछ ।

अर्को समाचार:

नयाँ वर्ष सन् २०२३ भर कस्तो रहला मिथुन राशिको दिन, हेर्नुहोस् मिथुन राशिको वार्षिक फल !