नयाँ वर्ष सन् २०२३ भर कस्तो रहला मिथुन राशिको दिन, हेर्नुहोस् मिथुन राशिको वार्षिक फल !

काठमाडौँ : नववर्ष सन् २०२३ सुरु हुन् अब केही दिन मात्रै बाँकी छ। यस्तो अवस्थामा नयाँ वर्षको राशिफल जान्नको लागि मानिसहरु इच्छुक देखिन्छन्। मिथुन राशिका लागि नयाँ वर्ष लाभदायी साबित हुन् सक्छ। यस वर्षको जनवरी महिनामा तपाईले शनिको ढैय्याबाट मुक्ति पाउनुहुनेछ। जान्नुहोस् तपाईको करियर, आर्थिक स्थिति, प्रेम जीवन कस्तो रहला त ?

करियर : – मिथुन राशिका व्यक्तिहरुले सन् २०२३ मा सकारात्मक परिणाम प्राप्त गर्नेछन्। वर्षको सुरुवातमा बृहस्पति ग्रहको स्थितिले तपाईले करियरमा लाभ हासिल गर्नुहुनेछ। यस अवधिमा तपाईले मनले चाहेको जागिर पाउनुहुनेछ। कार्यस्थलमा उच्च अधिकारीबाट प्रशंसा पाउनुहुनेछ। पदोन्नतिको प्रबल सम्भावना छ।

आर्थिक स्थिति : – सन् २०२३ मा मिथुन राशिका व्यक्तिहरुको आर्थिक स्थिति केही कमजोर हुन् सक्छ। तर जनवरी महिनापछि तपाईले आर्थिक क्षेत्रमा लाभ हासिल गर्नुहुनेछ। अप्रिल र अगस्टबीच तपाईले ठूलो आर्थिक लाभ पाउन सक्नुहुन्छ। वर्षको अन्त्यमा तपाईले बचत पनि गर्न सक्षम बन्नुहुनेछ।

प्रेम : – सन् २०२३ मा मिथुन राशिका व्यक्तिहरुले प्रेम जीवनमा उतारचढाव देख्नेछन्। जनवरी महिनामा झन् कठिनाई बढ्नेछ। अप्रिल पछि तपाईको सम्बन्धमा सुधार आउनेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव आउन सक्छ।

स्वास्थ्य : – सन् २०२३ को सुरुवातमा तपाईको स्वास्थ्य कमजोर हुन् सक्छ। पेट सम्बन्धी समस्याको सामना गर्नुपर्नेछ। वर्षको मध्यतिर तपाईको स्वास्थ्यमा सुधार आउनेछ।

शिक्षा : – मिथुन राशिका विद्यार्थीहरूका लागि सन् २०२३ राम्रो रहनेछ। तर राहु–केतुको कारणले शिक्षामा केही चुनौतिको सामना गर्नुपर्नेछ। यद्यपि वर्षको मध्यमा शिक्षा क्षेत्रमा प्रगति हुनेछ।

अर्को समाचार:

पौष २ गतेको राशिफल: शनिबार शुभ अशुभ-कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !