मंसिर २२ गतेको राशिफल: बिहीबार ५ राशिलाई अत्यन्तै शुभ, ४ राशि रहनुहोस् सावधान, हेर्नुहोस् राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आङ्कलन गरिन्छ। मंसिर २२ गते बिहीबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।

बिहीबार दिन भगवान विष्णुको नाममा  समर्पित हुन्छ। बिहीबार भगवान विष्णुको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुनेछ। बिहीबार दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

मंसिर २२ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – बिहीबार ।।। नक्षत्र- रोहिणी , १२:१७ बजे उप्रान्त मृगशिरा ।।। तिथि – पूर्णिमा , ८:३१ बजे उप्रान्त प्रतिपदा ।।। करण – वव ८:३१ बजेदेखि वालव , २१:१२ बजे उप्रान्त गर ।।। योग – साध्य , २७:२८ बजे उप्रान्त शुभ ।।। मंसिर २२, २०७९, बिहीबार ।।। ०८ डिसेम्बर, सन् २०२२ ।।। पूर्णिमा, मार्ग शुक्लपक्ष ।।। थिंलाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय– ०६:४३ ।।। सूर्यास्त – १७ :०७ ।।।  शुभ साइत : – विवाह गर्ने साइत –

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

काममा राम्रो प्रदर्शन हुनेछ। कामको बीचमा स्वास्थ्यमा पनि ध्यान दिनु पर्नेछ। सवारी चलाउँदा बढी होसियार हुनुहोस्। विद्यार्थी लाभान्वित हुनेछन्। खर्चको स्थितिले मन खिन्न रहनेछ। गरिबलाई सहयोग गर्नुहोस्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

बोलीले लाभ हुने दिन रहेको छ। जीवनका उत्कृष्ट अवसरहरू अगाडि आउनेछन्। बदलिँदो मौसमका कारण केही समस्या आउन सक्छ । आर्थिक मामिलामा समाधान हुनेछ। छोराछोरी, माया, व्यापार सबै धेरै राम्रो देखिन्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

कामसँग सम्बन्धित कुनै पनि निर्णय सावधानीपूर्वक लिनुहोस्। परिवारका साथ धार्मिक स्थलको यात्राको सम्भावना छ, अविवाहितको विवाह हुन सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापारको अवस्था राम्रो छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

दिन व्यापारमा उत्साह र खुशी रहनेछ। दिन परिवारका साथ राम्रो बित्नेछ। खानपानमा विशेष ध्यान दिनु होला । केही रोकिएका काम अगाडि बढ्नेछन् । सवारी चलाउँदा सावधानी अपनाउनुहोस।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

आज हरेक काममा सफलता मिल्नेछ। पारिवारिक सम्बन्धलाई कदर गर्ने प्रयास गर्न सकिन्छ। विद्यार्थीहरूले काममा नयाँ अवसर प्राप्त गर्नेछन्। तपाईं आफ्नो प्रेमी साथीसँग कुनै विशेष कुरामा अलमलमा पर्न सक्नुहुन्छ। व्यापार-व्यवसाय राम्रो रहनेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

काममा प्रगति हुँदा मन प्रसन्न रहनेछ। परिवारमा हल्का कलह हुन सक्छ। एकअर्कासँग मेलमिलापमा रहनुहोस्। जीवन साथीसँग राम्रो समय बित्नेछ। चलिरहेको समस्या हट्नेछ। पति पत्नी बिचको समस्या हट्नेछ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

व्यापार व्यवसायमा उन्नति हुने हुँदा मन प्रसन्न रहनेछ । परिवारमा आपसी विश्वासको सहयोगले सम्बन्ध बलियो हुनेछ। काममा गरेको स्थानमा उच्च अधिकारी सन्तुष्ट हुनुहुनेछ। गहिरो ज्ञान प्राप्त हुनेछ। तनावले रक्तचापको समस्या निम्त्याउन सक्छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

व्यापारमा सफलता मिल्नेछ। कुनै पनि नयाँ कामको थालनी गर्नको लागि शुभ दिन रहेको छ। अचल सम्पत्ति किन्ने संकेत छ । आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्। व्यापारिक दृष्टिकोणबाट केही नयाँ आयाम थपिँदैछन्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

लामो समयदेखि व्यापारमा अड्किएको धन प्राप्त हुनेछ। शिक्षामा संघर्षको संकेत देखिएको छ । मिहिनेत र प्रयासबाट करियरमा प्रगति हुनेछ । स्वास्थ्यमा मन प्रसन्न रहनेछ । प्रेम सम्बन्धको अवस्था धेरै राम्रो छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

आर्थिक लाभ हुन सक्छ। ध्यान र योग शारीरिक र मानसिक लाभको लागि उपयोगी हुनेछ। हरेक पाइलामा सहयोग प्राप्त हुने छ । व्यापारको अवस्था निकै बलियो रहनेछ । खर्च गर्दा एक्लै अगाडि बढ्नुहोस्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

राजनीतिज्ञ सफल हुनेछन्। केही शुभ समाचार सुन्न सकिनेछ । जागिर परिवर्तन सम्बन्धी कुनै निर्णय लिन ढिलाइ हुन सक्छ। शारीरिक रूपमा बढी सक्रिय हुन आवश्यक छ। अब लगानी नगर्नुहोस्।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

राजनीतिमा सफलता मिल्ने संकेत देखिन्छ । अनावश्यक तनाव लिनु पर्दैन। दिन सामाजिक तथा आर्थिक दृष्टिले प्रगति हुनेछ । घरमा पाहुनाको आगमन हुन सक्छ। व्यापारिक दृष्टिकोणले पनि समय राम्रो छ ।

अर्को समाचार:

सन् २०२३ जनवरी १४ सम्म यी राशि रहनुहोस् सावधान, हुनसक्छ खराब समय !