१६ करोड बढीको काम भैसकेको निस्ती–इस्मा खानेपानी अझै संचालन भएन, गाउँपालिका मुखदर्शक

Leaderboard Banner

ट्याङकी र धारा भत्किन थाले: गाउँपालिका मुखदर्शक

गुल्मी । २८  पुस – बिस २०५६ सालको चुनावमा तत्कालि सांसदका उमेद्वार गोकर्ण बिष्टले निस्ती उल्टाएर इश्मामा खानेपानी ल्याउँछु भन्दा धेरैले गिल्लाए । संयोगले बिष्टले चुनाव जिते । त्यसपछिका दुई चुनावमा पनि उनलेनै जिते । अहिलेसम्म दुई पटक मन्त्री भए । बिष्टले चुनावी बाचा पुरा गर्न निस्ती–अर्खबाङ्ग–इस्मा खानेपानीका लागि केन्द्रिय योजनामै समावेश गरे ।

अहिलेसम्म १६ करोड बढीको काम भैसकेको छ । त्यो बजेटबाट पाइप बिछ्याउने तथा विभिन्न स्थानमा धारा र टयाङकी निर्माणको काम भैसकेका छन् । यो काम सकिएको पनि धेरै समय बिते । तर यो बिषयमा स्थानीय सरकार, अर्थात इस्मा गाउँपालिका रमिते बनेको छ । जसका कारण खानेपानी संचालन हुन सकेको छैन् । निर्माण भएका ट्याङकी र धारा भत्किन थालेपछि स्थानीय सरोकारवालाले चोक चोकमा गुनासो गर्न थालेका छन् ।

इस्मामा खानेपानीको चरम संकट छ । त्यसैले पनि अहिलेसम्म जनताको मन र मस्तिष्कमा चुनावी नारा ताजै छ । धेरै निस्ती खानेपानीको सपना पुरा हुनेमा आशाबादी छन् । निस्ती–अर्खबाङ्ग–इस्मा खानेपानी समितिका अध्यक्ष समेत रहेका स्थानीय सरकार प्रमुख लक्ष्मण बिष्ट यो बिषयमा गम्भिर छैनन् । वडाध्यक्ष र अन्य नेताहरुले गाउँपालिका प्रमुख नै सक्रिय नभएको आरोप लगाउँछन् । उनीहरुको आरोप प्रत्यारोपकै बिच इस्मा रजस्थल, दोहली, दर्लामचौरमा भुल्के खानेपानीले थेग्न नसकेपछि खानेपानी संकट बल्झिदै गएको छ । केहि समयमै यो समस्या समाधान नभए अझै सुख्खा समयमा स्थानीयले जनप्रतिनिधीलाई घेर्ने अवस्थाको सृजना हुने देखिएको छ ।

अहिले खानेपानीको संकटका कारण मैदान, दोवाट, मौलीपोखरा, नयाँ पोखरा र ठाढुङ्गामा दैनिक भीड र झडप हुने समेत स्थिती रहेको छ । तर यो बिषयमा इस्माका जनता तै चुप मै चुप भएर बसेका छन् । अर्को बिडम्बना भुल्के खानेपानीको पनि उचित संरक्षण भएको छैन् । भुल्के खानेपानीमा सवै भन्दा बढि रिजाल र बिष्ट परिवारको रजाँइ भएकाले पनि अरु जनातको समस्यामा यो दुवै परिवार गम्भिर नहुने गरेको स्थानीयले बताउँछन । बर्षौ खानेपानी समितिमा कृष्ण रिजाल अध्यक्ष छन् । कुनै हिसाव किताव सार्वजनिक हुँदैन् । उनले राखेका एक जना प्राविधिक छन् । तर उनले पनि भनेको समयमा खानेपानी बनाउन नजाने गरेको स्थानीय तथा नेताहरुले समेत गुनासो गर्छन् ।

पहिले पैदल हिड्ने इस्मा गाउँपालिका प्रमुख बिष्टलाई खानेपानी तथा अरु जनताका बिषयमा थाहा हुन्थ्यो । अहिले उनको अवस्था फेरिएको छ । कालो सिसावाला सरकारी गाडीमा कुद्छन् । समस्या भएको स्थानमा झरेर जनताका समस्या सोध्ने र संवोधन गर्ने फुर्सद छैन् । बिहान १० बजे गाउँपालिका पुग्ने र सकेसम्म कुनै कार्यक्रममा पुग्न नछुटाउने उनको दैनिकी बनेको छ ।

समाचार स्रोतका अनुसार गाउँपालिका प्रमुख बिष्टले वडाध्यक्षहरुलाई पनि कुनै समन्वय नगर्ने र सधै झर्किएर र थर्काएर आफु अनुकल प्रयोग गर्ने गरेका छन् । खानेपानीमा सुखद पक्ष नभएका होइनन् । करिव १० करोडका खानेपानी योजना इस्मामा छन् । तर योजना सम्पन्न गर्न समय लाग्छ । यी सवै योजना सकिए खानेपानीको समस्या समाधान हुनेमा नयाँ आशा छ । यो बिचमै निस्ती खानेपानी संचालन गर्न सके लिफ्ट खानेपानी निर्माण हुने बेलासम्म क्षणिक समस्या सजिलै समाधान गर्न सकिन्छ ।

प्रकाशित : शनिबार, पुष २८, २०७५११:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दुई लक्ष्मणबिचको अन्तरद्धन्दले इस्मा गाउँपालिका थलियो, केन्द्र निर्धारण अनिश्चित