ए डिभिजन लिग : एपीएफ र शेर्पाको गोलरहित बराबरी

Leaderboard Banner

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल एपीएफ महिन्द्रा क्लबबिचको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर चुकाए । १० औं मिनेटमा शेर्पाका अमर डंगोलले फितलो प्रहार गरेलगत्तै एपीएफका युवराज खड्काले पनि गोलरक्षकलाई समस्यामा पर्न सकेनन् । निरज बस्नेतले पेनाल्टीक्षेत्र बाहिर पाएको दुई फ्रिकिकमा कुनै खतरा सिर्जना गर्न सकेनन् । शेर्पाका कर्ण लिम्बू, अमर डंगोल, राज पौडेलको आक्रमणमा तालमेलको कमी देखिएको थियो ।

दोस्रो हाफको सुरुवातमै एपीएफले अग्रता लिने मौका चुकायो । सुदिप सिख्राकारको क्रसमा युवराजले बलसम्म पुग्न नसक्दा स्कोर गोलरहित नै रहयो । त्यसको तीन मिनेटपछि कर्णले गोल गर्ने अवसरको सदुपयोग गर्न सकेनन् । विश्वास श्रेष्ठको क्रसमा उनको हेडर सिधै गोलरक्षकको हातमा पुगेको थियो । ७८ औं मिनेटमा एपीएफका युवराजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै बाहिर गएको थियो ।

प्रकाशित : शुक्रबार, असोज २६, २०७५१४:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सिंगापुरद्धारा नेपाल सामु ८२ रनको लक्ष्य प्रस्तुत, सन्दीपको नयाँ कीर्तिमान