काठमाडौँ आउँदै गरेको बस सुनकोशीमा खस्यो !

Leaderboard Banner

काठमाडौँ- सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको एक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। साथै यसै दुर्घटनामा परेर ४ जना गम्भीर घाइते भएको जानकारी प्राप्त भएको छ।

ना ६ द ९१२ नम्बरको बस सुनकोशी नदीमा खसेको बुझिएको छ। बसमा कति जना सवार थिए भन्ने अहिले सम्म थाहा हुन नआएता पनि घाइते भन्दा अन्य तीन जनाको उद्धार भएको छ।

गम्भीर घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना के कारणले भएको भन्ने बारे भने केहि खुल्न सकेको छैन !

प्रकाशित : शुक्रबार, असोज २६, २०७५१३:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

निर्मला पन्त हत्याको अनुसन्धान गर्न एआईजी धिरु बस्नेतको टोलि पहिलो पटक कञ्चनपुर पुग्यो