दशैँ विदामा नवलपुर जिल्ला अदालत खुला

Leaderboard Banner

प्रकाश भण्डारी बिवेक

कावासोती, नवलपुर जिल्ला अदालत कावासोती दसैँ विदाको अवधिमा पनि खुल्ने भएको छ। दशैँ तथा तिहार बिदालाई मध्यनजर गर्दे बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि एकजना न्यायाधीश सहित स्रेस्तेदार र आवश्यक अन्य कर्मचारीको व्यवस्था  गरी अदालतको काम बन्द नरहने जिल्ला अदालत नवलपुरका स्रेस्तेदार श्री तारादत्त बडूले बताउनु भयो।

यस्तै, सो दशैँ विदा अवधिमा मुलुकी फौजदारी संहिताले गरेको नयाँ व्यवस्था अनुसार अभियुक्तलाई पक्राउ पुर्जी जारी गर्न अनुमति प्रदान गर्ने कार्य समेत गरिने जनाईएको छ।
असोज २४ गतेदेखि कात्तिक ७ गतेसम्म अदालत बन्द रहनेछ। बन्दका अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन र पक्राउ पुर्जी जारी गर्न अनुमति प्रदान गर्ने कार्यलाई नरोक्ने सर्बोच्च अदालतको परिपत्रानुसार नवलपुर जिल्ला अदालत कावासोती लगायत देशैभरका सम्पूर्ण अदालतहरू खुल्ला रहने छन्।

उहाँले भन्नुभयो, ‘विजया दशमी र शनिबारबाहेक अन्य दिन दैनिक ११ बजेदेखि ३ बजेसम्म बन्दी प्रत्यक्षीकरण रिट निवेदन सुनुवाई गर्न तथा पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गर्न एकजना जिल्ला न्यायाधीशलाई जिम्मेवारी तोकिएको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ दफा ९ बमोजिम प्रहरीले अभियोग लागेका व्यक्ति पक्राउ गर्नुअघि मुद्दा हेर्ने अधिकारीको अनुमति लिनुपर्नेछ। यस्तै, मुद्दा हेर्ने अधिकारीको अनुपस्थितिमा कार्यरतमध्ये उच्च ओहोदाको कर्मचारीले पनि उक्त अधिकार प्रयोग गर्न पाउने व्यवस्था छ। जसले गर्दा मुद्धाको काम कारवाहीलाई अदालतको सो दशैँ तिहार को विदाले असर नगर्ने र समयमै काम कारबाहीलाई अगाडी बढाउन सहज हुने जिल्ला अदालतले जनाएको छ।

प्रकाशित : शुक्रबार, असोज २६, २०७५१०:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि