प्रधानमन्त्री ओलीद्वारा ‘भद्र’ र ‘रुपसी’ चीनलाई हस्तान्तरण

Leaderboard Banner

काठमाडौं । चीनलाई उपहार दिईने भनिएको दुर्लभ एक सिंगे गैँडाको जोडी ‘भद्र र रुपसी’लाई बिहिबार हस्तान्तरण गरिएएको छ।

बिहीबार बिहान राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा हस्तान्तरण गरेका हुन्  । मगलबार चितवनबाट काठमाडौँ ल्याईएका भद्र र रुपसीलाई अब चीनबाट आउने विशेष खालको जहाजमा राखेर चिन लगिने बताईएको छ ।

नेपाल सरकारले यस अघि २०७३ सालको माघ २६ गते चीनलाई उपहार स्वरूप २ जोडी गैँडा दिने निर्णय गरेको थियो। उक्त निर्णयको करिव दुई वर्षपछी नेपालले एकजोडी गैंडा बिहिबार चीनलाई हस्तान्तरण गरेको हो। उपहारमा दिइएको गैंडाको रेखादेख गर्न चिनियाँ पक्षलाई सिकाउन केही समयका लागि चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा कोषका भेटेरिनरी प्राविधिज्ञ किरण रिजाल, वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई गैंडासँगै चीन भएका छन् ।

नेपालले अहिले सम्म उपहार स्वरूप विभिन्न देशलाई २६ ओटा दुर्लभ एक सिंगे दिएको छ। विश्वमा दुर्लभ मानिने एक सिंगे गैडा नेपाल र भारतमा मात्र पाईन्छ।

 पछिल्लो गणनाअनुसार नेपालमा ६४५ वटा गैंडा छन् । ति गैँडाहरु चितवनमा मात्रै ६०५ वटा रहेको तथ्यांक छ ।

प्रकाशित : बिहिबार, असार २८, २०७५१३:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आफ्नै कार्यकर्ता कुटपिट गरेको आरोपमा नेविसंघका नेता पक्राऊ !