इंग्ल्याण्डलाई हराएर विश्वकपको फाईनलमा पुगेको क्रोएसियाले बनायो यस्ता ठूला ५ रेकर्ड !

Leaderboard Banner

एजेन्सी । विश्व कप २०१८ मा सनसनी मचाउदै फाइनलमा स्थान बनाएको क्रोएसियाले पाँच वटा ठूला किर्तिमानी रेकर्डहरु बनाएको छ ।

बुधबार भएको विश्वकपको सेमिफाईनाल खेलमा क्रोएसियाले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेपछि उसले  इतिहासमै  पहिलोपटक विश्वकपको फाइनलमा स्थान बनाउन सफल भएको हो । यो सँगै क्रोएसिया विश्वकप फुटबलको फाईनलमा पुग्ने १३ औं राष्ट्र बन्न सफल भएको छ।

त्यसैगरी क्रोएसिया यूरोपबाट विश्वकपको फाइनलमा पुग्ने १० औं राष्ट्र पनि बनेको छ। जहाँ फाइनलमा पुगेका ८ टिमले मात्र उपाधि चुमेका छन्। अब यदि आइतबार हुने विश्वकपको फाइनल खेलमा फ्रान्सलाई हराउन सके क्रोएसिया विश्वकप जित्ने नवौं टिम मात्र नभई विश्व फुटबलमा नयाँ च्याम्पियन समेत बन्नेछ सैभाग्य उसले प्राप्त गर्नेछ ।

विश्वकपको फाइनलमा पुग्ने क्रोएसिया जनसंख्याको आधारमा दोस्रो सानो देश हो। यसअघि उरुग्वेले १९ लाख जनसंख्या हुँदा फाइनलमा स्थान पक्का गरेको थियो। हाल क्रोएसियाको जनसंख्या ४२ लाख छ।

क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने अहिलेसम्मकै कम वरीयताको टोली पनि हो। क्रोएसिया हाल फिफा वरीयतामा जम्मा २०औं स्थानमा रहेको छ। यो रेकर्ड सन् १९९२ मा वरीयता सुरु भएपछिको हो।

क्रोएसिया नकआउट चरणमा तीन खेलमा पछाडि परेर पनि पुनरागमन गर्ने पहिलो टिम हो। क्रोएसियाले अन्तिम १६ मा डेनमार्क, अन्तिम ८ मा रसिया र सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध केहि पछि परेता पनि जित भने  हात पार्न सफल बन्यो। क्रोएसियाले सुरुवाती २ खेलमा पेनाल्टी सुटआउटमा जित्दा सेमिफाइनलन थप समयमा जित हात पार्‍यो।

त्यस्तै क्रोएसिया एउटै विश्वकपमा तीन पटक थप समयको खेल खेल्ने तेस्रो टोली पनि हो। यसअघि सन् १९९० र २०१४ मा अर्जेन्टिना तथा सन् १९८६ मा बेल्जियमले तीन खेलमा समय सम्म खेलेका थिए।

प्रकाशित : बिहिबार, असार २८, २०७५१२:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आमाले इन्टरनेट चल्ने मोबाईल चलाउन नदिएको भन्दै छोरीले गरिन् आत्महत्या !