भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

Leaderboard Banner

काठमाडौं : भारतीय राज्यसभामा सदस्यहरूले नेपाली र मैथलीमा पनि बोल्न पाउने भएका छन् ।

राज्यसभाका सभापति एम. वेंकैया नायड्ले मंगलवार उक्त जानकारी दिएका हुन् ।

संसदको आगामी मनसुन सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौं सूचीमा समावेश सबै भाषामा बोल्न पाइने नायड्ले जानकारी दिएका छन् ।

आठौं सूचीमा समावेश २२ भाषामध्ये कुनै पनि भाषामा बोल्न पाइने उनले स्पष्ट पारेका छन् । राज्यसभा सचिवालयले डोगरी, कश्मीरी, कोङ््कणी, सन्थाली र सिन्धीका लागि पनि अनुवादको व्यवस्था गरिएको जानकारी दिए । यो खबर आजको ‘अन्नपूर्ण’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

नायड्ले मंगलवार औपचारिक रूपमा यी भाषाका अनुवादकलाई राज्यसभाको अनुवादक टोलीमा सामेल पनि गरे ।

२२ भाषामध्ये राज्यसभामा असम, बंगाली, गुजराती, हिन्दी, कन्नड, मलयालम, मराठी, उडिया, पञ्जाबी, तमिल, तेलगु र उर्द्ू ११ भाषामा यसअघि नै यो व्यवस्था मिलाइएको थियो ।

बोडो, मैथली, मणीपुरी, मराठी र नेपाली भाषाको निम्ति अनुवादकको व्यवस्था भइरहेको उनले जानकारी दिए ।

नायड्ूले भने, ‘कुनै अवरोधविना आफ्ना अनुभव र विचार व्यक्त गर्न स्वभाविक रूपमा मातृभाषामा उत्तम हुन्छ । मातृभाषामा आफ्ना विचार व्यक्त गर्न निकै सहज हुने भएकाले यसमा जोड दिइएको उनले स्पष्ट पारे । उनले भने, ‘उसैले मैले २२ वटै भाषामा अनुवादको सुविधा उपलब्ध गराउन चाहेको थिएँ । आगामी मनसुन अधिवेशनदेखि यो सम्भव भएको छ । म यसमा खुशी छु ।’

प्रकाशित : बिहिबार, असार २८, २०७५०९:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मन्त्रीको आडमा मजदुरको पेटमा लागूऔषध कारोबारीको लात ! के मन्त्री पनि लारीको यस्तै लगानीमा परिसकेका हुन् ?