स्वीडेनलाई १-० अग्रता, जर्मनी ‘गर या मर’को स्थितिमा

Leaderboard Banner

विश्वकप समूह ‘एफ’ अन्तर्गत चौथो खेलमा अहिले जर्मनी र स्वीडेन भिड्दै छन् । पहिलो हाफको समाप्तिमा स्वीडेनले १-० को आश्चर्य जनक अग्रता लिएको छ । स्वीडेनका लागि खेलको ३२ औं मिनेटमा ओला टोइभोनेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ७५ प्रतिशत पोजेसन राखे पनि जर्मनीले गोल भने गर्न सकेको छैन ।

स्वीडेनले आफ्नो अग्रता कायम गर्न सके समूहबाट मेक्सिको र स्वीडेन अन्तिम १६ मा छनोट हुनेछन् भने साविक विजेता जर्मनी बाहिरिने छ । जर्मनीले आफ्नो अघिल्लो खेल मेक्सिकोसंग १-० ले हारेको थियो भने स्वीडेनले दक्षिण कोरियालाई १-० ले नै हराएको थियो ।

प्रकाशित : आइतबार, असार १०, २०७५००:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

“नेपालको ट्रिपर र अर्जेन्टिनाको किपरको भर छैन” – कलाकार दिपकराज गिरी