प्रधानमन्त्रीको खातामा कसरी आयो ३५ लाख नगद ? त्यो पनि दुई वर्षमै !

Leaderboard Banner

काठमाडाैं । बुधबार सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार प्रम ओलीको सम्पत्ति भने दुर्इ वर्षमा ह्वात्तै बढेको बढेको देखिएको छ ।

यसअघि ०७२ सालमा पहिलाेपटक प्रधामन्त्री भएका बेला ओलीले आफ्नो नगद सम्पति जम्मा ७ लाख रुपैयाँ मात्र भएको देखाएका थिए। तर यसपटक दास्रो पटक प्रधानमन्त्री हुँदा उनको खाता रहेको एभरेस्ट बैंकको बचत खातामा ३५ लाख रुपैयाँ भएको देखिएको छ।

यसैबीच हिजो सार्वजनिक भएको प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पति विवरणमा केहि ठाउँमा विरोधाभास र प्रश्न उठाउन सकिने देखिन्छ। जस अनुसार प्रधानमन्त्री ओलीको सम्पति विवरणको कुरा गर्दा उनको खातामा मात्र दुई वर्षमा ३५ लाख रुपैयाँ बचत कसरी भयो ? भन्ने विषय पनि प्रश्न उठाउन सकिने तथ्य बनेको छ। प्रधानमन्त्री आफैले बुझाएको सम्पति विवरणमा उनको बैंक खातामा दुई वर्षमा ३५ लाख रुपैयाँ रकम थप भई पुरानो सात लाख सहित गरेर ४२ लाख भएको उल्लेख छ ।

यति मात्र हैन ओलीको सम्पतिमा दुई वर्ष भित्र ४ तोला सुन पनि बढेको देखिन्छ।  पहिलो पटक प्रधानमन्त्री हुँदा आफुसँग १४ तोला सुन भएको सम्पति विवरण बुझाएका ओली यसपटक थप ४ तोला बढाएर सम्पति विवरण बुझाएका छन्।   यता प्रधान्मन्त्री पत्नी राधिका शाक्यको नाममा रहेको माछापुछ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख गरी १० लाख रुपैयाँ नगद रहेको सम्पति विवरणमा उल्लेख छ। त्यस्तैगरी उनको राष्ट्रिय बचतपत्रमा २५ लाख रुपैयाँ लगानी रहेको पनि जनाईएको छ। सम्पति विवरणमै प्रधानमन्त्रीपत्नी शाक्य नेपाल राष्ट्र बैककाे प्रथम श्रेणीका पूर्वअधिकृत भएकाे पनि उल्लेख छ।

त्यस्तै प्रम अाेलीकाे भक्तपुर सुर्यविनायक नगरपालिका -२ मा रहेका २ रोपनी र आधा रोपनीमा बनेका  दुई वटा तिन तले घर तथा अन्य सम्पत्ति श्रीमतीकाे नाममा रहेको छ । उक्त सम्पतिको स्रोतमा स्वआर्जन भनी खुलाईएको छ।  त्यसैगरी झापाको पृथ्वीनगरमा पनि प्रम पत्नी राधिकाको नाममा १० कट्ठा रहेको उल्लेख छ। यसको पनि स्रतो स्वार्जन भनी उल्लेख गरिएको छ।

ओलीको बैंकमा रहेको सबै सम्पत्ति ‘स्वआर्जन’ भएकाे बताए पनि प्रधानमन्त्रीकाे तलबले मात्रै तत्राव सम्पति बचत हुन नसक्ने भनी प्रश्न उठान थालेका छन् । प्रधानमन्त्रीले अाफ्नाे खातामा रहेकाे रकम  ४२ लाखकाे स्राेत तलव भत्ता भनि खुलाएका छन् ।

प्रधानमन्त्रीको सम्पति विवरण यसप्रकार छ:

प्रकाशित : बिहिबार, जेठ १०, २०७५१३:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यी हुन्, ओली सरकारका गरिव मन्त्री, सम्पति विवरण: बैंक खातामा तीन लाख र २५ सय पुस्तक !