भर्खरै काभ्रेको पाँचखालमा तीन वटा गाडीहरु एकापसमा ठोक्किँदा डरलाग्दो दुर्घटना !

Leaderboard Banner

काभ्रे । शनिबार साँझ तीन वटा गाडीहरु एकआपसमा ठोक्किँदा  काभ्रेको पाँचखालमा डरलाग्दो दुर्घटना भएको छ।  धुलिखेलबाट पाँचखाल तर्फ जाँदै गरेका मालवाहक ट्रक, टाटा मोबाईल र फोर्ड गाडी एकापसमा ठोक्किएका हुन्।

तस्विर – सरोज दाहाल, बिगुल न्यूज

यो दुर्घटना तिब्र गतिमा धुलिखेलबाट गैरहेका तीनवटा गाडीले एकापसमा ओभरटेक गर्न खोज्दा पाँचखाल तर्फबाट आइरहेको पिकअप भ्यानका करणले भएको प्रतक्ष्यदर्शीले बताएका छन्। दुर्घटनाको मुख्य कारण तिब्रगति नै भएको घटनाका प्रतक्ष्यदर्शी बताएका छन्।

तस्विर – सरोज दाहाल, बिगुल न्यूज

यो दुर्घटना करिब सवा ६ बजेतिर भएको हो भने दुर्घटनामा परी तीन वटै गाडीका चालक र सहचालक घाईते भएको बुझिएको छ।  अहिले घाईतेहरु धुलिखेल अस्पतालमा उपचार भैरहेको छ।

प्रकाशित : शनिबार, बैशाख २९, २०७५१८:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आज बिहानै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा बम विस्फोट!