भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा: हिमाली जनताको मन जित्न मोदीले यस्तो गरे! (तस्विरसहित )

Leaderboard Banner

मुक्तिनाथ, मुस्ताङ । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन् ।

प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थियो । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरे।

भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमारहेका थिए। उनी आज बिहान पूजार्चनाका लागि विशेष हेलिकप्टरबाट मुक्तिनाथ पुगेका थिए। मोदी त्यहाँ हिमाली पहिरनमा पुगेका थिए। उनले नाकाबन्दीका कारण आक्रान्त बनेका हिमाली जनतासँग निकट रहेको भनी मन जित्ने पनि यस्तो गरेका गरेका हुन्। उनको यो आफू गएको ठाउँमा अपनत्व देखाएर मन जित्न खोज्ने पुरानै तरिका हो।

मोदी हिजो जनकपुरमा पनि मिथिला परम्परा अनुसारको पहिरनमा उपस्थित भएका थिए। उनलाई उक्त पहिरन मोदी भ्रमण आउनु केहि दिन पहिले नेपालबाट प्रधानमन्त्री ओलीले उपहार स्वरूप पठाएका थिए।

उनी आजै बिहान काठमाडौँ फर्किएका हुन्।

प्रकाशित : शनिबार, बैशाख २९, २०७५११:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पाकिस्तानद्वारा अमेरिकी कूटनितिज्ञलाई देश छोड्न रोक!