भुकम्प पिडीतमा छैन हर्ष, खुला आकासमै बित्यो ३ बर्ष

Leaderboard Banner

सरकार फेरियो, मन्त्री फेरिए, तिनै सवार गर्ने चिल्ला सवारी साधन फेरिए, चिल्ला बाटा र बस्ने आलिसन महल फेरिए, धरतीको संरचना बदलियो तर खुल्ला आकासमै घामपानी, शित र सिरेटो सहेर एकसरो लुगा र एकछाक खानाकै भरमा ठूला सपना बुन्दै गरेका कैयौँ भुकम्प पीडितका टहरा फेरिएनन, सपना फेरिएनन। सरकार र राजनीतिक दलबाटै ठगिए, राजनीतिक दलका कार्यकर्ता बाटै ठगिए, भुकम्प पिडीतको राहत बितरणको नाममा बिभिन्न अखाध्य सामग्री र साधन श्रोतको नाममा चर्चा कमाउन चाहने गैरसरकारी संस्थाबाटै ठगिए, भुकम्प पिडीतको लगत उठाउन गएका ईन्जिनियरबाटै ठगिए, सार्बजनिक यातायात र ढुवानी गर्ने सबारीबाटै ठगिए सरकारको उच्च ओहोदामा बस्ने व्यक्ति बाटै ठगिए, भाग्यले ठग्यो। ठगिए त केवल भुकम्प बाट बाँचेका जिन्दगीबाट नहारेका बाच्न सफल तिनै पिडीतहरु यि त केवल घटनाका एक पात्र मात्र ठगिए।

लेखक – प्रकाश भण्डारी “बिवेक”, गैँडाकोट न.पा २ नवलपुर

धेरै बेघर भए, परिवार बिहीन भए, जीवनसाथी सन्तती र अभिभावक बिहीन भए। कतिपय भुकम्प पिडीतकै राहतको नाममा रातारात करोडपति भए त कति भुकम्पले ठूला महल छाडेर रोडपति भए। न त यहाँ बास्तविक पिडीतले राहत पाए न त भुकम्प पछिको पुर्ननिमाण नै। पुर्ननिमाणका नाममा अर्बौँ सकियो। नीति निर्माण बजेट र कार्यक्रम बनाउदैमा पिडीतको अनुदानको रकम सकियो। कागजी पिडीतले राहत पाए,घर ठड््याए तर बास्तविक पिडीत खुल्ला आकास मुनि टहरामै सिमित छन्, चर्किएको घरभित्रै बस्न बाध्य छन्। जेठ असारको चर्को घाम होस या पौष माघको मुटु काप्ने सिरेटो होस भुकम्प पिडीतहरुलाई दिन रात कटाउनै हम्मे हम्मे परेको समाचारका पंक्तिहरुले समय समयमा पत्रपत्रिका र टेलिभिजनमाका भित्ता र पानाहरु सिंगारिए ति समाचार केही दिनका हेडलाईन बने, मिडियाका मुख्य समाचार बने तर पिडीतको मन मस्तिष्क बुझ्ने पिडाका आलेख बन्न सकेनन्। भुकम्प पिडीतकै नाममा यो त्यो भनेर लेख लेखिए, पत्रपत्रिकाका पृष्ठ भरिए शब्द लेखेरै पैसा कमाए, तर उनै राहतको नाममा एक पैसा खर्च नगरी अरुकै खण्डन गरेरै समय बिताए।

कैयौँ भुकम्प पिडीतहरुले अहिलेसम्म राहत पाएका छैनन। केही पिडीतले पाएको राहत रकमले घर बनाए, कतियपको घर बनाउने जग खन्दैमा अनुदान रकम सकियो। अर्को किस्ताले घर ठड्याउने सपना बुन्दैमा बर्षौँ बित्यो। भुकम्पले घर टहरा भत्काएपछि सरकारले घर बनाउन दिएका किस्ता रकमहरु चर्को निर्माण सामग्री र ढुवानीकै समस्याले अलपत्र भए । अझैपनि धेरै पिडीतहरुले पाएको रकमले पनि घर बनाउन सकेका छैनन। भुकम्पले घरबास र परिवारजन उठाएपछि घरबार बिहीन हुन पुगेका हजारौँ पिडीतहरु सरकारकै भरमा दिनरात खुला आकासमै बस्न बाध्य छन। भुकम्प पिडीत प्रति सरकार गम्भिर नबन्दा कैयौं पिडीतहरु झनै पिडीत भएको अवस्था छ। ढुवानीको समस्या देखि लिएर भुकम्पले जग्गा जमिन मासिँदा घर कहाँ बनाउने भन्ने अन्यौलता पनि बिद्यमान छ। भुकम्प बाट अति प्रभाबित १४ जिल्लामा अनुदान सम्झौता गर्नेको संख्या ५ लाख ६० हजार भन्दा बढी भएपनि त्यसमा ५ लाख ४० हजारले हाराहारीमा पहिलो किस्ता बापतको रकम प्राप्त गरेका छन् ।

जनशक्ति अभाब, सरकारले दिएको अनुदान रकमले घर बनाउन प्रर्याप्त नहुनु, थप रकम जुटाउन ऋणको सहज व्यवस्थापन नहुनु, विकट ग्रामिण क्षेत्रका गाँउसम्म प्राविधिक र कर्मचारी नपुग्नु, ग्रामिण क्षेत्रमा अनुपयुक्त घरका डिजाईन जस्ता कारणहरुले पहिलो किस्ता प्राप्त गरेका पिडीतले पनि घर बनाउन सकेका छैनन। सरकार भुकम्प पिडीतप्रति कटिबद्ध भएर पिडीतहरुका घाउचोटहरुमा मल्हम पट्टि लगाउन र खुला आकासमा आसिन रहेका व्यक्तिहरुको पूर्नस्थापनाका लागी उचित घरबासको व्यवस्था र भविष्यमा आईपर्ने यस्ता प्राकृतिक बिपत्तीहरुमा बिगतका कमी कमजोरी, भोगाईबाट पाठ सिक्दै साधन र श्रोतको पर्याप्तता र पूर्व तयारीका साथ आम नेपालीले महशुस गर्न सक्ने समृद्ध नेपालको निर्माण र तदारुकताका साथ काम गर्न आग्रह गर्दछु। जय नेपाल।

प्रकाशित : मङ्गलबार, बैशाख ११, २०७५१३:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेतृत्वविहिन सर्वाेच्च, प्रधानन्यायधिस नियुक्तिकाे विवाद कहिले सम्म?