बलिउडको पहिलो बोल्ड फोटोसुट: ६७ वर्ष पहिले यी नायिकाले दिएकी थिइन् यस्ता सेक्सी पोजहरु…

Leaderboard Banner

आजभोली अभिनेत्रीहरुले बोल्ड फोटोसुट गर्नु सामान्य जस्तो मानिन्छ। खासगरी बलिउडमा हरेक जस्तो नायिकाले विभिन्न म्यागजिनहरुको कभर पेजका लागि बोल्ड फोटोसुट गराएरै पनि चर्चामा आउने गर्छन्।

तर, कल्पना गर्नुहोस आजभन्दा करिव ६७ वर्ष अगाडि सन् १९५०/५१ तिर पनि कसैले यस्तो बोल्ड फोटोसुट गराएको थियो होला भनेर के सोचेको पनि थियो होला र सायद । त्यो यस्तो समय थियो जुन बेला कुनै पनि युवतीले नायिका पनि बनेर फिल्म खेल्न तयार हुँदैनथे। त्यस्तो बेला बलिउडकी एक नायिका जसले बोल्ड फोटोसुट गराएर सारा भारतमै तहल्का मच्चाएकी थिइन्।

जसको नाम हो, बेगम पारा । बेगमले लाइफ म्यागजिनका लागि यस्तो बोल्ड फोटोसुट गराएकी थिइन् । जहाँ उनले  उनले सेतो साडी लागएर र चुरोट पिउँदै गरेको पोजमा छन्। त्यसपछि उनलाई बलिउडमा ‘बुमसेल’ र ‘पिन अप गिर्ल’ का नामले चिन्न थालियो।  उनको उक्त फोटोसुट त्यतिबेलाका चर्चित फोटोग्राफर जेम्स बुर्केले गरेका थिए ।

१७ वर्षको उमेरमा ‘चान्द’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी बेगम सन् १९४०–५० सम्म बोल्ड नायिकाको रुपमा निकै चर्चित थिइन् ।   ‘चान्द’ मा उनी प्रेम आदिबुसँग देखिएकी थिइन् जुन सन् १९४४ मा रिलिज भएको थियो । उनका चर्चित फिल्महरुमा जंजिर (सन् १९४७), मेहेन्दी (सन् १९४७), लेला मजनू (सन् १९५३), नयाँ घर (सन् १९५३) र पहिलो झलक (सन् १९५५) लगायत रहेका छन्।

बेगम पाराको जन्म सन् १९२६ डिसेम्बर २५ मा झेलम, पंजाबमा एक मुस्लिम परिवारमा भएको थियो । जुन अहिले पाकिस्तानमा पर्छ। उनी अन्तिम पटक बलिउड फिल्म रणवीर कपुरले डेब्यू गरेको फिल्म सावरियामा देखिएकी थिइन् । जहाँ उनले सोनाम कपुरको हजुरआमाको भूमिका निभाएकी थिइन्। उनको सन् २००८ मा ८१ वर्षको उमेरमा उनको मृत्यु भयो ।

प्रकाशित : मङ्गलबार, बैशाख ११, २०७५१४:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा. कँडेल नियुक्त